मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

विश्वकप क्रिकेट : श्रीलंकाको जीत, वेस्टइन्डिजको अर्को हार

मंगलबार, असार १७ २०७६

काठमाडौं(एजेन्सी)–विश्वकप क्रिकेट अन्तर्गत श्रीलंकाले वेस्टइन्डिजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाले वेस्टइन्डिजलाई २३ रनले पराजित गरेको हो । श्रीलंकाले दिएको ३३९ रन पछाएको वेस्टइन्डिजले ५० ओभरमा ९ विकेट गुमाउदै ३१५ रन मात्र बनाएपछि खेल श्रीलंकाले २३ रनले जितेको हो । वेस्टइन्डिजका लागि निकोलस पुरनले ११८ रनको शतकीय पारी खेलेपनि अन्य ब्याट्सम्यानको साथ नपाउदा वेस्टइन्डिज पराजित हुन पुगेको हो । त्यस्तै फाबियन एलेनले ३२ बलमा ५१ रन बनाए भने क्रिस गेलले ३५, शिमरन हेटमेयरले २९, जासन होल्डरले २६ रन बनाए ।यो बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन ।
श्रीलंकाका बलर लातिस मालिंगाले सर्वा्धिक ३ विकेट लिए भने एन्गोलो म्याथ्युज, कसुन राजिथा र जेफ्रे भण्डरसेले एक एक विकेट लिए ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट बनाउदै ३३८ रन बनाएको थियो । श्रीलंकाका लागि आभिष्का फेर्नान्डोले १०४ रन बनाउदै शतकीय पारी खेलेका थिए । त्यस्तै कुशल परेराले ५१ बलमा ६४ रन बनाए भने लाहिरु थिरिमानेले ३३ बलमा ४५ रन बनाएका थिए । त्यस्तै डिमुथ करुणारत्नेले ३२, कुसल मेन्डिसले २६ रन बनाएका थिए ।
त्यस्तै वेस्टइन्डिजका बलर जासन होल्डरले २ विकेट लिए भने शेल्डन कोट्रेल, ओश्मान थोमस र फाबियन एलेनले एक एक विकेट लिए । प्रतियोगितामा श्रीलंकाको यो तेस्रो जित हो । श्रीलंका ८ खेलमा ३ जित, ३ हार र २ खेल बर्षाले रद्ध भएपछि कुल ८ अंकसहित अंक तालिकामा छैठौ स्थानमा छ भने सेमिफाइनलमा पुग्न अब अन्तिम खेलमा भारतलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने छ भने अन्य टिमको प्रदर्शनमा पनि भर पर्नुपर्ने देखिन्छ । त्यस्तै वेस्टइन्डिजको भने लगातार हारको सिलसिला जारी रहेको छ । प्रतियोगितामा वेस्टइन्डिजको छैठौ हार हो । कुल ८ खेल खेलेको वेस्टइन्डिजले केवल एक खेल मात्र जितेको छ भने के खेल बर्षाले रद्ध भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार