काठमाडौं(जस)–नेपालमा निसान गाडीको आधिकारिक वितरक कम्पनि पायोनियर मोटो कर्पले निसान गाडीका लागि मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ। मनसुन एक्सचेन्ज मेला असार १६ देखि असार २२ गते सम्म सन्चालन हुनेछ । यस मनसुन एक्सचेन्ज मेलाको सिमित अवधिसम्म ग्राहकहरूले विभिन्न आकर्षक अफरहरु जस्तैः ५ लाख सम्मको छूट, ३ लाखसम्मको एक्सचेन्ज बोनस, २५,००० सम्म को लोयल्टी बोनस, २७,००० मुल्यको गाडी एक्सेसरीजहरु, १ वर्ष सम्मको निः शुल्क बाटो कर, ३ वर्ष सरवीसिङका साथै ३ वर्षको वारेन्टीको सेवा आदि प्राप्त गर्न सक्छन् । मेलामा पुराना गाडीको अनुगमन गरी उचित मूल्याङ्कन र किस्ताबन्दीको सुविधा पनि मेलामा नै तुरून्तै प्राप्त गर्न सकिनेछ । टेस्ट द्राइभ गर्दा पनि ग्राहकहरुले उपहारहरु प्राप्त गर्नेछन् ।