मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

विजय शंकर पनि विश्वकपबाट बाहिरिए

सोमबार, असार १६ २०७६

काठमाडौं(एजेन्सी)–भारतीय क्रिकेट टिमका अलराउन्डर विजय शंकर जारी विश्वकपबाट बाहिरिएका छन् । खुट्टाको औलाको चोटका कारण विजय शंकरले विश्वकपका बाँकी खेल गुमाउने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विजयको चोट ठिक हुन तीन साता लाग्ने हुनाले उनी विश्वकपबाट बाहिरिएको जानकारी दिएको छ । केहिदिन अघि अभ्यासका क्रममा विजयको खुट्टामा जसप्रित बुमराहले बलिङ गर्दा खुट्टामा लागेको थियो । सोहि कारणले विजयले आइतबार इङल्याण्डविरुद्धको खेल समेत गुमाएका थिए ।
विजयले यस विश्वकपमा पाकिस्तानविरुद्धको खेलमा डेभ्यु गर्दै २ विकेट लिनुका साथै १५ रन बनाएका थिए । उनले आफ्नो डेभ्यु खेलको पहिलो बलमा नै विकेट लिएर रेकर्ड समेत बनाएका थिए । त्यस्तै उनले अफगानिस्तानविरुद्ध २९ र वेस्टइन्डिजविरुद्ध १४ रन बनाएका थिए । भारतीय टिममा अब विजय शंकरको ठाउमा ओपनर मयंक अग्रवालले स्थान पाउने भएका छन् । अग्रवाल केहि दिनमै इङल्याण्ड पुग्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
कर्नाटका राज्यका लिष्ट ए खेलाडी अग्रवालले ७५ खेलमा ४८.७१ को औसतले ३६०५ रन बनाएका छन् । जसमा १२ शतक र १४ अर्धशतक समेत बनाएका छन् । गत बर्ष भारतको ए टिमको इङल्याण्ड भ्रमणका बेला अग्रवालले ७१.७५ को औसतले २८७ रन बनाएका थिए । सोहि कारणले पनि भारतीय बोर्डले अग्रवाललाई विजय शंकरको ठाउमा रिप्लेसको तयारी गरेको बताइएको छ । यस अघि भारतीय टिममा ओपनर शिखर धवन घाइते हुदा उनको ठाउमा विकेटकिपर ब्याट्सम्यान रिषव पन्त रिप्लेस गरिएको थियो । जारी विश्वकपमा भारतले अहिलेसम्म ७ खेल खेलेको छ भने ५ जित, एक हार र एक बर्षाका कारण रद्ध हुदा ११ अंकसहित अहिले अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार