मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

श्रीलंकालाई सेमिफाइनल पुग्न बाँकी दुई खेल जित्नै पर्ने दबाब, आज वेस्ट इन्डिजसँग खेल्दै

सोमबार, असार १६ २०७६

एजेन्सी-आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (सोमाबार) श्रीलंका र वेस्ट इन्डिजले प्रतिस्पर्धा गर्नेछन् । को सामना गर्दैछ । रिभर साइड मैदानमा ३ः१५ बजे सुरु हुने खेलमा श्रीलंकालाई विश्वकपमा टिकी राख्न जित्नै पर्ने बाध्यता छ । विश्वकपबाट बाहिरि सकेको वेस्ट इन्डिजका लागि श्रीलंकाविरुद्धको खेल प्रतिष्ठाको लडाई हुनेछ । पहिलो संस्करण देखिनै विश्वकपमा सहभागी यी दुई टोलीको स्तर उस्तै खालको छ । वेस्ट इन्डिजले पहिलो र दोस्रो संस्करणको विश्वकप जितेको थियो । श्रीलंकाले सन् १९९६ को छैटौं संस्करण उपाधि जितेको थियो ।

जारी विश्वकपमा यी दुई टोलीले सात खेल खेलिसकेका छन् । एक जित, पाँच हार र एक खेल अनिर्णित नतिजा निकालेको वेस्ट इन्डिजको तालिकामा तीन अंक छ । यसअघिनै बाहिरिएको वेस्ट इन्डिजलाई गुमाउन केही बाँकी छैन । यता श्रीलंकालाई सेमिफाइनल पुग्न बाँकी दुई खेल जित्नै पर्ने दबाब छ । श्रीलंकाले खेलेका सात खेलमा दुई जित र तीन खेलमा हार खेपेको छ । दुई खेल वर्षाका कारण रद्ध भएको थियो । ६ अंक बनाएको श्रीलंका असहले सातौं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार