काठमाडौं(जस)–रिद्धि सिद्धि सिमेन्ट तथा जगदम्बा स्टिल्स्को संयुक्त सहकार्यमा यही असार १४ गते शनिबारको दिन कीर्तिपुर परिसरमा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । स्वच्छ वायु, स्वस्थ जीवनको नारा सहित काठमाडौंको रिङरोड परिसर तथा कीर्तिपुर नगरपालिकामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग, कीर्तिपर नगरपालिकाको संयुक्त सहकार्यमा रिद्धि सिद्धि सिमेन्ट तथा जगदम्बा स्टिल्सले वृक्षारोपण गरिएका विरुवाको सुरक्षा निमिक्त सुरक्षा कबज हस्तान्तरण गर्यो । उक्त कार्यक्रममा उल्लेख्य संख्यामा नगरवासी, सरकारी निकाय तथा रिद्धि सिद्धि सिमेन्ट र जगदम्बा स्टिल्स्को कर्मचारीहरुले २१९ वटा वृक्षहरुको वृक्षारोपण गरेका थिए ।