बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कोटेश्वर–कलंकी चक्रपथमा सिटिजन्स बैंकद्वारा वृक्षारोपण

आइतबार, असार १५ २०७६

काठमाडौं(जस)–सिटिजन्स बैंक इन्टरनेसनलले यही असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवस र वृक्षारोपण वर्ष २०७६ को अवसरमा वन तथा वातावरण मन्त्रालयको अगुवाईमा संचालन गरेको वृक्षारोपण कार्यक्रममा उल्लासपूर्ण सहभागिता जनाएको छ । कोटेश्वर(कलंकी चक्रपथ सडक किनारमा सौन्दर्यमुलक रूखहरू रोप्ने कार्यक्रम संचालन गरिएकोमा यस बैंकको सहयोगमा ग्वार्को शाखादेखि दक्षिणतर्फ ५०० मि.सम्ममा १०० वटा कल्कीफूलका बिरुवाहरू रोपिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ग्वार्कोमा कल्कीफूलको बिरुवा रोपेर नेपाल सरकारले थालनी गरेको एक वर्षमा देशभर तीनदेखि पाँच करोड बिरुवा रोप्ने अभियानमा सहभागिता जनाए । बैंकका करिव १०० जना कर्मचारीहरूको अग्रसरतामा उक्त क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । आर्थिक सामाजिक विकासका लागि वातावरण प्रवर्धन, सहरी सौन्दर्य प्रवर्धन तथा प्रदुषण नियन्त्रणका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरिएको यस कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार