बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

युरोपा लिगको अन्तिम आठको खेलमा घरेलु मैदानमा बार्सिलोना गालातासारेसँग रोकियो

शुक्रबार, फाल्गुन २७ २०७८

काठमाडौँ । युइएफए युरोपा लिगको अन्तिम आठको खेलमा बार्सिलोना गालातासारेसँग गोलरहीत बराबरीमा रोकिएको छ । बिहिवार राति क्याम्प नोउमा भएकाे खेलमा दुबै टिम गाेलरहीत बराबरी रहे ।

स्पेनिस क्लब बार्सिलोनाले टर्की क्लबविरुद्ध बल पकडमा सफल भए पनि फिनिसिङमा चुकेको हो । पहिलो लेग बराबरीमा समाप्तिपछि अब दोस्रो लेग गालातासारेको घरेलु मैदानमा २२ मार्चमा हुनेछ ।

राति नै भएको खेलमा स्पोर्टिङ ब्रागाले मोनाकोलाई २-० अन्तरले पराजित गरेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार