काठमाडौं, १५ असार । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद, युगान्डाको अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट बिनोद थापाको नेतृत्वमा सन् २०१९–०२१ कायृकालका लागि नयाँ कार्यसमिति चयन भएको छ । सन् २०१७–१९ कार्यकालमा अध्यक्ष र उपाध्यक्ष रहँदै आएकाद्वय राजमणी भण्डारी र बिनोद थापा नयाँ नेतृत्वका लागि दाबेदार रहेकोमा थापाले भण्डारीलाई ११ मतले पछि पार्दै बिजयी भएका हुन् ।

पर्बेक्षक जिभनाथ पंगेनी ब्यवस्थापक नरेन शर्मा र संयोजक रमेश कंडेल गरि ३ सदस्यीय निर्वाचन समितिले सदस्यताका आधारमा ८२ मतदाता रहेको युगान्डामा ४५ सदश्यको उपस्थितिलाई निस्पक्ष शान्तिपूर्ण मतदान गराउदै सम्पन्न गरेको थियो । राजमणी भण्डारीको पक्षमा १७ मत खसेको थियो भने बिनोद थापाका पक्षमा २८ मत । महिला संयोजक मा परेको २ वटा उम्मेदवारी मध्य निर्वाचन समितिले फिर्ता लिन दिएको समयमा स्वत: स्फुर्त मिल्ने समय र समाजसेवा प्रतिको आकर्षणलाई मध्यनजर गर्दै अहिलेको परिवेशमा आफु भन्दा बर्षा आचार्य छेत्री शर्मा योग्य रहेको भन्दै युगान्डामा अति मिलनसार महिला गरिमा बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको थियो ।

अन्य पदका लागि निर्बिरोध रहदै निम्न बमोजिम १५ सदस्यीय कार्यकारी समिती चयन भएको छ ।
अध्यक्ष : बिनोद थापा
उपाध्यक्ष : प्रेम श्रेष्ठ
महिला उपाध्यक्ष : तारा गिरि
महासचिव : कमल दत्त भट्ट
सचीव : धनराज गिरि
कोषाध्यक्ष : सन्जिभ शर्मा
सह कोषाध्यक्ष : कल्पना अर्याल गैरे
महिला संयोजक : वर्षा आचार्य छेत्री शर्मा
युवा संयोजक : तेजेन्द्र बिवस
प्रबक्ता : निमेष श्रेष्ठ
सदस्य :
१. गणेश कार्की
२. श्रवण झा
३. रमा अर्याल
४. तेज खड्का
५. निक्कु के.सि
सुनिल तामाङ उद्घोषक रहेको सो कार्यक्रममा कन्या बैदेही शर्मा, प्रगती गिरि र इसानी गैरेबाट पानसमा बत्ती बाली शुरु गरिएको थियो । त्यस पस्चात रास्ट्रीय गान गाउदै राजमणी भन्डारिको स्वागत मन्तब्य, महासचिव रमेश शर्माको गतिविधि प्रस्तुति, कोषाध्यक्ष मन्जुल पाठकबाट आर्थिक प्रतिबेदन पुर्ब अध्यक्ष तथा निर्वाचन पर्बेक्षक जिभनाथ पंगेनीबाट प्रेरणा मन्तब्य हालका प्रमुख सल्लाहकार तथा निर्वाचन संयोजक रमेश कंडेलबाट NRNA परिचय मन्तब्य दिदै नयाँ समितिलाइ स्वागत तथा दोसल्लाका साथ सम्मान २०१७-१९ कार्यकाल सम्पन्न गरेकालाई दोसल्लाका साथ सम्मान २०१७-१९ का निर्वाचन समिती तथा २०१९-२१ का निर्वाचन समितिलाइ दोसल्लाले सम्मान गर्नुका साथै नव निर्वाचित अध्यक्षबाट समापन मन्तव्यका साथ अधिवेशन सम्पन्न भएको थियो |




