शुक्रबार, फाल्गुन २० २०७८
“यौन!” एक्काइसौ शताब्दिको मार्ग हुँदै बाइसौ तर्फ उन्मुख रहदै गर्दा पनि हामी यो शब्द उच्चारित हुने बित्तिकै एकपटक चनाखो हुन्छौ। या त चासो लिएर, या हिनताको साथ या लज्जाबोध हुँदै। हरेक अवस्थामा यो अत्यावश्यक शारिरिक क्रिया प्रती चासो भने हामी सबैमा छ। नेपाली समाज मुलतः हिन्दु धर्मावलम्बीको बाहुल्यता भएको समाज, बिवाहलाइ सामिप्यताको संस्कार मान्ने समाज, यस्ले यौनलाई बिवाह पश्चात गरिने पर्ने duty (जिम्मेवारी) पनि ठहर्याएको छ।
सामान्य अर्थमा यौन महिला र पुरुष बिच हुने संसर्ग नै हो, योनि र लिङ्गको मिलन नै हो तर यहि यौन कहि बलात्कारमा परिवर्तित हुन्छ, कहि प्राकृतिक रुपले बंश बढाउने प्रक्रिया त कहि माया साटासाटको माध्यम।
बलात्कार (rape ) के हो?
परम्परागत रुपमा पुरुषले महिलालाइ जबर्जस्ति गर्ने करणिलाई बलात्कार भनिन्थ्यो भने आज यस्को परिभाषा परिमार्जित हुँदै आएको छ। महिलाले महिलालाइ, पुरुषले पुरुषलाइ, महिलाले पुरुषलाइ, पुरुषले महिलालाइ, मानवले जनावरलाइ जबर्जस्ति करणि गरेको मनग्य घटनाहरु हामिले सुनेको , पढेको , देखेको होला नै। यौन आनन्द लिन योनिमा लिङ्गको बाध्यात्मक घर्षणमात्र बलात्कार हैन, एकले अर्काको शरिरमा बिना मन्जुरि यौनिक शुखको निमित्त गर्ने हरेक क्रियाकलाप यौन शोषण हो। यौन शोषणलाइ पनि हामिले बलात्कार (rape ) भनी बुझ्छौ नै। तसर्थ प्राकृतिक, अप्राकृतिक हरेक जबर्जस्ति यौन क्रियाकलापलाई बलात्कारको संज्ञा दिइन्छ। Rape शब्द , ल्याटिन भाषाको Rapio शब्दबाट आएको हो, जस्को सामान्य अर्थ कब्जा वा हरण गर्नु हुन्छ। यस्कारण Rape वा Raptus को अर्थ जबर्जस्ति हरण गर्नु भन्ने बुझिन्छ।
बलात्कार को इतिहास
पहिलो बलात्कार कहिले भएको थियो, तथ्यगत मिति त स्पष्ट छैन तर आधुनिक मानव सभ्यताको ईतिहास अगावै देखि नै यदि धार्मिक ग्रन्थहरु मान्ने हो भने बलात्कारका कथा हामिले मनग्य सुनेका छौ। इन्द्र भगवानले ऋषि गौतमाको श्रीमती अहल्यालाइ झुक्याएर सम्भोग गरेको सुनेका छौ, हिब्रु बाइबलले बलात्कारका मनग्य घटना हरु उल्लेख गरेको छ जेनेसिस ३४ मा उल्लेख सेचेम र डिनाहा बिचको यौनलाइ बलात्कार मानिएको छ, आदिम रोम, ग्रीक सभ्यतामा बलात्कार , अपहरण, आदिका असंख्य घटनाहरु छन, त्यस्तै इश्लामिक प्रोफेट मोहम्मदको समयमा एक महिलालाइ साझको प्रार्थनाको लागि जाँदै गर्दा बलात्कार गरेको घटना पढ्न पाइन्छ। आधुनिक मानव सभ्यतालाइ नियाल्दा अन्तरदेशीय युद्ध , भाइकिङ्ग हरुको पर आक्रमण आदिमा बलात्कारका मनग्य उदाहरण हरु छन।
नेपालको कानुनको जबर्जस्ति करणीको परिभाषा।
जबर्जस्ति करणिलाइ बलात्कार भनी बुझिन्छ तसर्थ हामी बलात्कार शब्दको प्रयोग गरौ। मुलुकी अपराध संहिता २०७४ ले कुनै महिलाको मञ्जुरी नलिइ गरेको करणि या मञ्जुरी नै लिएको भए पनि अठार बर्ष मुनिका बालबालिकालाई करणी गर्दा त्यस्लाइ जबर्जस्ति करणि भनी व्याख्या गरेको छ र सो आधारमा अवस्था अनुरुप सात देखि आजिवन काराबास सम्मको कानुनी प्रावधान व्याख्या गरेको छ । पति र पत्नी बिचमा पनि जबर्जस्ति करणिको मुद्दा लाग्ने प्रावधान छ। तर यस्ले पुरुष बलात्कारको सिकार हुदा के हुन्छ भने खुलाउन सकेको देखिन्न ।
नेपालमा बलात्कारको तथ्यांक र ब्यथाहरु
आज नेपाली सामाजिक संजाल पल समीक्षा मुद्दामा ठ्याक्क बिचमा बिभाजित छ दुई पक्ष भएर, पल शाह र समीक्षा बिचमा यौन सम्पर्क , अंग्रेजिमा भनिने love making हो या बलात्कार नै हो जसरी उजुरी गरिएको छ, विभिन्न विद्वानहरुको आ आफ्नै धारणा छ। कानुनी कुरा हेर्दा माथी उल्लेख भए अनुसार १८ बर्ष नपुगेकी समिक्षासग पल शाहले गरेको यौन सम्पर्क भलै त्यो मञ्जुरी सहित होस त्यस्लाइ बलात्कार नै मानेको छ। मैले कुनै मानेमा यो लेखलाइ पल या समिक्षामा को दोषी भनी ठहर्याउने पक्षमा मोडेको हैन तथापी नेपालको कानुनलाइ आधार मान्ने हो भने पल शाहले बलात्कार गरेको ठहरिन्छ। उनले नेपालको कानुन अनुरुप सजाय भोग्नु पर्ने कानुनी ब्यवस्था छ। कि त हामिले कानुन परिमार्जनको आवश्यकता भनी तर्क राख्न सक्न जरुरी छ। यदि समीक्षा १८ बर्ष माथी कै नै हुन भने मञ्जुरी लिएर गरिएको संसर्ग बलात्कार हुन्न तर मञ्जुरीको आधार के? कसै सग यौन सम्पर्क राख्न अघि भ्वाइस रेकर्ड गर्ने , भिडियो बनाउने या नेपाली कागजमा मञ्जुरीनामा लिने प्रावधान त नहोला य यो सम्भव नहोला। भोलि सहमतिमा भएको यौन सम्पर्कलाइ महिलाले बलात्कार भनी आरोप लगाउने प्रसस्ता आधार हाम्रो फितलो कानुनले दिलाएको भने छ। सन २०२०-२०२१ मा मात्र नेपाल प्रहरिले २५३४ बलात्कारको घटना सग जुध्यो तर प्रमुखताका साथ हाइ प्रोफाइल घटनामात्र हेर्ने हाम्रो परम्परा छ।
निर्मला पन्त, सम्झना बिक , भगिरथि भट्ट, करुणा राई जस्ता हजारौ बलात्कार अनि बलात्कार पछिको हत्याको बिषय कानुनी उपचारको गर्भमा नै तुहिएको पिडादायी यथार्थ हामिले भोगेका छौ।
बलात्कारका अनेकन घटनाहरु योनिमा इज्जत छ भनेर ठहर्याउने पुरुषप्रधान अरिवादी सोचको कारण लुकेका हजारौ ब्यथाहरु आज पनि बनजंगल, पाखा पखेरा या त घरका चार दिवारहरुमा आँसु पुछ्दै छन। पल समीक्षा एक प्रतिनिधि घटना भयो जस्ले बलात्कारको बिषयमा सुस्ताएको नेपाली सामाजिक संजालका विद्वानहरुलाइ एकपटक आफ्नो बिचार राख्ने वातावरण बनाइदिएको छ।
बेथितिका कारणहरु।
बलात्कार, जघन्य , अक्षम्य अपराध हो । यो बलात्कारिको मानसिकता सग सिधा ठोक्किने घटना हो। प्रदुषित र बिमार मानसिकता बलात्कारको कारण हो तथापी नेपाली समाजमा बुझिने र नेपाली कानुनले निर्देशित गरेको महिला प्रधान भावनाले बलात्कारलाई एक जटिल प्रकृतिको अवस्थामा धकेलेको भने छ। सामाजिक संजालको यो दुनियामा लाइक र कमेन्टलाई प्राप्ती ठान्ने संसारमा यौन उत्तेजना बढाउने या उक्साउने प्रकृतिका लाइभ भिडियो, कन्टेन्ट आदि बनाइ टिकटक, इन्स्टाग्राम, फेसबुक आदिमा अपलोड गर्दा सो कन्टेन्ट बनाउने प्रतिको धारणा अवस्य यौनिक बुझाइ तर्फ उन्मुख हुन्छ। यो भनी रहदा कसैले भिडियो बनाएकै भरमा बलात्कृत हुनु पर्छ भन्ने मान्यता कदापी हैन तर बलात्कार उच्छृङ्खल पद्धति सग नाता जोडिएको बिषय भने हो। प्राकृतिक रुपमा यौनलाइ आनन्दको रुपमा बुझ्ने मानसिकता बिकास अहिले अलिक चाडै भएको छ किनकी मनग्य पोर्नसाइट हरुमा हाम्रो किशोर किशोरिहरु आकर्षित छन।
आफ्नो यौनिक कार्यलाइ रेकर्ड गर्ने र काण्डको नाममा अपलोड गर्ने परिपाटिले पनि भोलि समाजको भयको कारण महिलाले त्यस्लाइ बलात्कारको संज्ञा दिने या उजुरी गर्ने अवस्था त कानुनले नै सिर्जना गरेको छ। बलात्कारको घटना लुकाइनु या लुक्नुमा समाजमा पिडितको इज्जत जाने डर साथै पिडित गरिव या पहुँच नहुनु पनि कारक तत्व हो। शिक्षाको कमि, त्यस्मा पनि यौन शिक्षाको कमि र यौनको सन्दर्भमा खुलेर बहस गर्न नसक्नु अर्को कारण हुन जान्छ।
बलात्कार जस्तो जघन्य अपराध बाट कसैलाइ फसाउन मात्र पनि कानुनले खुकुलो गरेको कारण आरोपित भएका छन। अन्त्यमा पल समिक्षाको बिषयमा समाजले जे नै समीक्षा गरे पनि कानुनी पाना सरसर्ती पल्टाएर हेर्ने हो भने पल पिडित देखिन्छन। तर मानसिकता बिकासको उमेर बिज्ञानले यो नै हो भनी ठोकुवा गर्न नसकेको अवस्थामा समिक्षा साच्चिकै पिडित हुन त? उनि कन्सेन्ट दिने मानसिकताको बिकास हुन नसकेको अवस्थामा नै छिन त, ती तर्कका कुराहरु रहे। आज खुकुलो र फितलो कानुनले न न्याय दिने ठोस आधार छ न रोकावटको लागि कुनै पहलकदमी गर्छ। स्मरण रहोस अघिल्लो बर्ष भन्दा १७ प्रतिशत बढी बलात्कारको घटना आएका छन तर मुख्य प्रश्न के ती कानुनले भनेको मात्र हैन, वास्तविक बुझाइको बलात्कार नै हुन त? (लेखकको निजी विचार)
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij