काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसलाई हराएको छ । शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टललाई १–० ले हराएको हो ।
चेल्सीका लागि हाकिम जिएचले निर्णायक गोल गरे । खेलको ८९ औं मिनेटमा जिएचले निर्णायक गोल गरे ।
जितसँगै चेल्सी २५ खेलबाट ५० अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ । क्रिस्टल २६ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।