शुक्रबार, भाद्र १९ २०८३

शुक्रबार, भाद्र १९ २०८३

आर डी फाउण्डेशनको बैठक सम्पन्न, सहयोगका कामहरू गर्दै जाने योजना

सोमबार, फाल्गुन २ २०७८

काठमाडौँ । आर डी फाउण्डेशन नेपालका अध्यक्ष डा. देवकाजी डंगोलको उपस्थितिमा मिति २०७८/१०/२९ गते यस फाउण्डेशनको कार्यालय कुलेश्वरमा बैठक सम्पन्न भयो। उक्त बैठकमा ६ महिनाको अवधिमा यस संस्थाले गरेका सहयोगका कार्यक्रमहरु पोखराको फेवा सेकेण्डरी पब्लिक विद्यालयका असहाय विद्यार्थीहरुलाई वार्षिक सहयोग, पोखराका एकजना Juvenile Idiopathic Arthritis बिरामी बच्चालाई औषधि उपचारमा सहयोग, आर्थिक समस्याले गर्दा स्वास्थ्य उपचारमा समस्या भएका पाँगा, कीर्तिपुरका मानिसहरुलाई निरन्तर आर्थिक सहयोग, आदिनाथ विद्यालयलाई ४२इन्चको टिभी प्रदान तथा संस्थाहरुलाई कार्यक्रमको लागि सहयोग गरिरहेको जानकारी गराए।

आगामी दिनमा पनि डा. डंगोलकै आर्थिक सहयोगमा १०-१५ जना असहाय विद्यार्थीहरुलाई विद्यालय शुल्क तथा विद्यालयमा खाजा खानाको लागि समस्या भएका केही विद्यार्थीहरुलाई खाजाको व्यवस्था गर्ने यस फाउन्डेशनले निर्णय गरेको छ। जुन सहयोगले गर्दा ती विद्यार्थीहरु तथा वहाँका परिवारले दिने दुवाबाट अध्यक्षलाई मात्र नभई यस फाउण्डेशनका सम्पूर्ण सदस्यहरूलाई शुभ आशीर्वाद हुने कुरा यस फाउण्डेशनका अध्यक्षले राख्नुका साथै सबै सदस्यहरुले आआफ्नो स्थानबाट योगदान गर्नु पर्ने कुरा पनि व्यक्त गर्नुभयो।

संस्थाका पोखराका सल्लाहकार अनिता अधिकारीले यस फाउण्डेशनबाट आर्थिक सहयोग प्राप्त गरिरहेका फेवा सेकेण्डरी पब्लिक स्कूलका एकजना छात्राले आर्ट गर्नु भएको फाउण्डेशनको लोगोको फ्रेम हस्तान्तरण गर्नु भयो । यही फाल्गुन महिनामा दक्षिणकाली नगरपालिकाका वडाका करिव १२५ जना माहिलाहरुको पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन सम्बन्धित डाक्टरहरु राखेर प्रारम्भिक जाँचको शिविर आयोजना गर्ने कार्यक्रम राखेको छ भने हाल कोबिद महामारीको समयमा रगतको अभाव भएकोले बिभिन्न ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गर्ने साथै भविष्यमा यस संस्थाले विभिन्न संस्थाको सहकार्यमा आवश्यक सहयोगका कामहरू गर्दै जाने योजना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार