शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एनआरएनए ओमनको पाँचौ राष्ट्रिय महाधिवेशन आज हुँदै, नेतृत्व सर्वसम्मत

शुक्रबार, असार १३ २०७६

ओमन । ओमन र गैरआवासीय नेपाली संघ(एनआरएनए) एनसीसी ओमनको पाँचौ राष्ट्रिय महाधिवेशन तथा सपथ ग्रहण कार्यक्रम अगामी शुक्रवार २८ जुनमा अल फलाज होटलदार्सेट, मस्कटमा हुँदैछ । २८ डिसेम्बर २००९ मा स्थापना भएको एनआरएनए ओमान २७ फेब्रुअरी २०१७ मा ओमानमा बिधिवत रुपमा दर्ता भए पछि एनआरएन सोसल क्लबको रुपमा कार्यरत रहेको छ । महाधिबेशनको प्रमुख अतिथि राजदुत शर्मिला पराजुली ढकाल रहने र सपथ ग्रहणमा मिनिस्ट्री अफ सोसल डेभलपमेन्ट अफेयर अन्तर्गत असोसिएसन एन्ड क्लब कम्मुनिटीबाट प्रथम सचिबको उपस्थिति रहने एनआरएन ओमनले जनाएको छ । मध्यपुर्वमा यस कार्यकालको लागि महाधिवेशन गर्ने एनसीसी ओमन पहिलो भएको हुँदा बिश्वभरी रहेका एनआरएन अगुवा, नेतृत्वका आकाक्षी र आइसीसी पदाधिकारीहरु ओमनको अधिबेसनमा सहभागी भएका छन् ।

कार्यक्रममा एनआरएनए आईसीसी अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुमार पन्त, कुल आचार्य,एनआरएनए बेल्जियमबाट सल्लाहकार गोविन्द सुवेदी, एनआरएनए मध्यपूर्व संयोजक आर के शर्मा, अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशी, एनआरएनए आईसीसी सदस्यहरू मनोज गोर्खाली, जोन अर्याल,कमल श्रेष्ठ, एनआरएनए बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाल, एनआरएनए मध्यपूर्वका पूर्वसहसंयोजक तथा वर्तमान आइसीसीका मानार्थ सदस्य राजु सैयद, बहराइनबाट दुर्गा गिरी, मध्यपूर्वका भूतपूर्व सहसंयोजक धर्मराज गिरीलगायत पदाधिकारी कार्यक्रममा सहभागी भईसकेको अध्यक्ष दीपक श्रेष्ठले बताए ।

कार्यक्रमको अतिथिका लागी जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, रोजगार मिडियाका सम्पादक उद्ववराज भट्टराई, कान्तिपुर दैनिकका होम कार्कीको उपस्थिति रहेको अध्यक्ष श्रेष्ठले बताए । ओमानको यसपटकको नेतृत्व पनि सर्बसम्मतीबाट नै हुने भएको छ । अहिलेको कार्यकालका कोषाध्यक्ष क्याप्टेन सेवन्त पुर्जा पुन नयाँ अध्यक्षको रुपमा सर्बसर्बसम्मत चुनियका छन् यसले एनआरएनएको अब हुने अधिबेसनलाई पनि सन्देश दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार