शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

अध्यक्षमा भट्ट, पन्त र आचार्यको दावी : उपाध्यक्षमा केसी, अधिकारी, थापा र लामा प्रतिस्पर्धी र सचिवमा बरुवाल र जोशीको दावी

महासचिबमा क्षेत्री र शर्माको दाबी, कोषाध्यक्षमा शर्मा, श्रेष्ठ र सोम सापकोटाको दाबी

शुक्रबार, असार १३ २०७६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौ विश्व सम्मेलनको मिति नजिकिदै गर्दा नयाँ नेतृत्वको सरगर्मी बढेको छ । विश्व सम्मेलन तथा महाधिबेशन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुँदै गर्दा एनआरएनए आइसीसीमा नेतृत्वका लागि आ–आफ्नो दावी आउन थालेको हो । आठांै विश्व सम्मेलनले अध्यक्षमा भवन भट्टलाई निर्वा्चित गरेको थियो । भट्ट कार्यकालको अन्तिम समयमा छन् । अहिले विभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्ले अधिबेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन् । एनआरएनए एनसीसीमा सबैभन्दा पहिला एनआरएनए अमेरिकाले निर्वाचन गरेर नयाँ नेतृत्व छानिसकेको छ । यसैक्रममा एनसीसी निर्वाचन सकिन नपाउँदै आइसीसीको नेतृत्वका लागि आकांक्षीहरुले आ–आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन् । आगामी कार्यकालका लागि नयाँ नेतृत्व लिन हङकङमा भएको एनआरएनए क्षेत्रीय भेला, अस्ट्रेलियामा सम्पन्न ओशेनिया क्षेत्रिय भेला भित्रभित्रै माहौल सुरु भएपनि अहिले सतहीरुपमा आकांक्षीहरु बाहिर देखिन थालेका छन् । योसँगै नेतृत्वका लागि दावेदारी दिनेहरु बढिरहेका छन । महाधिवेशनमा अहिलेसम्म अध्यक्षमा कुमार पन्त र कुल आचार्यले उम्मेदवारी दिने घोसणा गरिसकेका छन् ।
यसपटक हालका उपाध्यक्ष कुल आचार्य पनि अध्यक्ष बन्ने सुरमा छन् । यद्यपी उनलाई पुनः उपाध्यक्ष पद नै दोहोर्याउन दवाव बढिरहेको छ । अघिल्लो कार्यकालमै अध्यक्षका दावेदार रहेका वर्तमान उपाध्यक्ष कुमार पन्तले आफु सर्वसम्मत अध्यक्षको हकदार भएको बताउँदै आएपनि बर्तमान अध्यक्ष भट्टले आफुले शुरु गरेका कार्यहरु बाँकी रहेका भन्दै अझै एक कार्यकाल अध्यक्ष दोहोर्याउने आन्तरिक तयारीमा रहेका छन् । यता पन्तलाई जसरी भएपनि अध्यक्ष बनाउन पूर्व अध्यक्ष जीवा लामिछाने लागिपरेका छन् । केहीसमय पहिले एनआरएनएको बिज्ञ सम्मेलनमा एनआरएनएको २ बर्षे कार्यकाल बढाएर ३ बर्षे कार्यकाल बनाउन बर्तमान अध्यक्ष भट्टले प्रस्ताब गरेका थिए । तर, उनको प्रस्तावलाई पूर्व अध्यक्ष लामिछानेको दबाबमा पारित हुन दिईएको थिएन । त्यसपछि बर्तमान अध्यक्ष भट्ट आफु अब एक कार्यकाल अध्यक्ष बन्ने सोचाईमा रहेकोे भट्टको सल्लाहकार समूहका एक सदस्यले जनसवाललाई बताए ।
यता दोश्रो कार्यकाल उपाध्यक्ष बनिसकेका पन्तले आफुले उल्लेख्य कार्य गरेर आम एनआरएन र नेपालीहरुको मन जितेको बताउँछन । एनआरएनएका अध्यक्ष भट्टले अझै एक कार्यकाल दोहोर्याउने आकांक्षा खुलेर राख्न थालिसकेका छन् । भट्टको पुन अध्यक्ष पद दोहोर्याउने ईच्छालाई उपाध्यक्ष पन्त र उनका समर्थकहरुले स्वीकार्न तयार देखिएका छैनन् । बर्तमान अध्यक्ष भट्ट आफ्नो कार्यकालमा धेरै कामहरु गरेको बताउँछन । उनको कार्यकालमा शंखमुल पार्कको निर्माण सम्पन्नदेखि एनआरएनए भबन निर्माण सम्पन्न र लाप्राक बस्ती निर्माण सम्पन्न जस्ता ठूला काम गरेर आफु सफल अध्यक्षको रुपमा उभिएको प्रमाणित गरिसकेका छन् ।
यता एनआरएनएको चुनाव नजिकिदै गर्दा ईच्छुक उम्मेदवारहरु आन्तरिक तयारीमा जुटेका छन् । यसपटक उपाध्यक्षको संख्या बढाए संगै उपाध्यक्षमा धेरैले दावी गरिरहेका छन । यसपटक उपाध्यक्षमा बर्तमान बर्तमान उपाध्यक्ष सपिला राजभण्डारी, महासचिब बद्री केसी, ओशेनिया संयोजक धर्मराज अधिकारी, एशिया संयोजक किरण थापा, अमेरिकाका पुर्व क्षेत्रीय संयोजक सोनाम लामालगायत उम्मेदवार रहने जनाईयको छ । यस्तै महासचिबमा बर्तमान सचिब डीबी क्षेत्री, एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष डा केशव पौडेल र हेमराज शर्माले आकांक्षा देखाएका छन् । सचिबमा एनआरएनए युरोप संयोजक शिव बरुवाल, एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशी अगाडि जान आकाक्षा राखेका छन् ।
कोषाध्यक्षमा बर्तमान सहकोषाध्यक्ष सोम सापकोटा, मध्यपुर्ब संयोजक आरके शर्मा र एनआरएनए जापानबाट महेश श्रेष्ठको नाम अगाडि आएको छ । एनआरएनएको अभियानमा अर्को परिचित अनुहार एसी शेर्पा सहकोषाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । यसरी एनआरएनको नयाँ नेतृत्वको चहलपहल बढिरहँदा काम गर्न सक्ने सक्षम नेतृत्व छनौट गर्न आवश्यक छ नत्र भोलि पछुताउनु पर्नेछ । संस्थामा रहेर काम गर्न सक्ने र समय दिन सक्ने नेतृत्व छान्नु नै बुद्धिमानी हुन्छ । अहिले एनआरएनको कोठे बैठकदेखी भेला र सम्मेलनमा आगामी नेतृत्वकै बारेमा चर्चा हुने गरेको छ । अहिले एनआरएनले नेपालबाहिर ८० देशमा आफ्नो संस्था बिस्तार गरिसकेकोले यसको नेतृत्वको महत्व झनै बढेको छ ।
राजनीतिक प्यानल बनाएर चुनाव लड्न रोक
गैरआवासीय नेपाली संघ (एनआरएर्न) ले राजनीतिक, क्षेत्रीय, जातीय वा धार्मिक आधारमा कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आह्वान तथा प्रचार प्रसार गर्न रोक लगाएको छ । एनआरएनमा राजनीतिक र जातीय प्रभाव पर्न थालेको टिकाटिप्पणी भइरहेको बेला संघको अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्ले राष्ट्रिय महाधिवेशन सञ्चालनसम्बन्धी नियमावली तयार गर्दै यस्तो कार्यमा रोक लगाएको हो । नियमावलीको बुँदा नम्बर ५.१० मा भनिएको छ, ‘राजनैतिक, क्षेत्रीय, जातीय वा धार्मिक आधारमा कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आह्वान गर्न वा प्रचार गर्न पाइने छैन ।’
नियमावलीमा अन्तर्रा्ष्ट्रिय समन्वय परिषद् सदस्यको उम्मेदवार तथा राष्ट्रिय समन्वय परिषद्का सबै सदस्य उम्मेदवारले संघको आचारसंहितामा यसबारे लिखित प्रतिबद्धता गरी उम्मेदवारी फारमका साथमा पेश गर्नुपर्ने व्यवस्था गरिएको महासचिव बद्री केसीले जानकारी दिए । उनका अनुसार कुनै उम्मेदवार राजनीतिक जातीय वा धार्मिक संस्थाको कार्यकारी भूमिकामा रहेको भए सो पद त्यागेको लिखित जानकारी पनि मनोनयन फारमका साथ पेश गर्नुपर्नेछ । यदि सो व्यवस्थाको उलंघन गरेको पाइए निर्वाचन समितिले छानबिन गरी मनोनयन रद्द गर्न सक्नेसम्मको व्यवस्था समेत गरेको छ । एनआरएनको विधानको दफा २४ मा उल्लेखित राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिवेशनलाई मर्या्दित तथा व्यवस्थित गर्नका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्ले संघको विधान २००३ (२०१७ संशोधनसहित) को दफा १७.६ अनुसार नियमावली तयार गरेको महासचिव केसीले जानकारी दिए ।
नियमावलीमा राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिवेशन विश्व सम्मेलन भन्दा बढीमा ६ महिना र कम्तीमा १ महिनाअघि सम्पन्न गरिसक्नु पर्ने व्यवस्था गरिएको केसीले बताए । यस्तै परिषद्ले महाधिवेशनको मिति तोकी कम्तीमा एक महिना पहिले क्षेत्रीय संयोजकमार्फत अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्लाई जानकारी गराउनुपर्ने छ भने महाधिवेशन गर्दा परिषद्का अन्य महाधिवेशनसँग नजुध्ने गरी तोक्नुपर्नेछ । नियमावलीअनुसार राष्ट्रिय महाधिवेशनमा पञ्जिकृत सदस्यहले लोकतान्त्रिक तथा विर्नाचनमा प्रयोग हुने विश्वव्यापी मान्यताको आधारमा परिषद्का पदाधिकारी तथा सदस्य निर्वा्चित गर्न सक्ने व्यवस्था पनि गरिएको छ । परिषद्को अध्यक्ष बन्नको लागि सम्बन्धित व्यक्ति परिषद् वा अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्को सदस्य वा पदाधिकारी भइ एक वर्ष काम गरेको हुनुपर्नेछ । सो पदमा दुई कार्यकाल भन्दा बढी रहन पनि पाइने छैन । यस्तै निर्वाचन सम्पन्न गर्न परिषद्ले निर्वाचन समिति गठन गर्नुपर्ने छ भने निर्वाचन प्रक्रिया सम्बन्धित राष्ट्रिय परिषद्ले निर्धारण गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार