शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

एफए कपको तेस्रो चरणमा लेस्टरले वाट्फोर्डलाई ४–१ ले हरायो

आइतबार, पुष २५ २०७८

काठमाडौं । एफए कपको तेस्रो चरणमा लेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा लेस्टरले वाट्फोर्डलाई ४–१ को सहज जित निकालेको हो ।

खेलको सातौं मिनेटमा युरी टिलेमान्सले पेनाल्टीबाट गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा जेम्स म्याडीसनले गोल गर्दै लेस्टरलाई दोब्बर अग्रता दिलाए । २७ औं मिनेटमा पेड्रोले गोल गर्दै वाट्फोर्डलाई २–१ को स्थितिमा ल्याए ।

५४ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरलाई ३–१ को अग्रता दिलाए । त्यसपछि ८५ औं मिनेटमा मार्क अल्ब्राइटनले गोल गर्दै लेस्टरलाई ४–१ को सहज जित दिलाए ।

यस्तै, एफए कप अन्तर्गत नै क्रिस्टल प्यालेसले मिलवाललाई २–१ ले पराजित गरेको छ । न्युकासल युनाईटेड भने क्याम्ब्रिज युनाईटेडसँग १–० ले पराजित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार