काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले आर्सनलमाथि जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा युनाइटेडले क्रिस्टियानो रोनाल्डोको २ गोलमा आर्सनललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
युनाइटेडका लागि रोनाल्डोले दुई गोल गरे भने ब्रुनो फेर्नानडेजले एक गोल गरेका थिए ।
त्यस्तै आर्सनलका लागि एमिल स्मिथ रोव र मार्टिन ओडेगार्डले एक एक गोल गरेका थिए ।
यस खेलमा दुई गोल गरेसँगै रोनाल्डोले आफ्नो क्यारियरमा ८ सय गोल पुरा गरेका छन् । उनले आफ्नो क्यारियरमा अहिलेसम्म ८०१ गोल गरेका छन् । जसमा पोर्चुगलका लागि ११५, स्पोर्टिंग लिस्बनका लागि ५, रियल म्याड्रिडका लागि ४५०, युभेन्टसका लागि १०१ र युनाइटेडका लागि अहिलेसम्म १३० गोल गरेका छन् ।
यो जितपछि म्यानचेस्टर युनाइटेडको १४ खेलमा २१ अंक भएको छ र लिगमा सातौ स्थानमा उक्लिएको छ ।
त्यस्तै आर्सनलको भने १४ खेलमा २३ अंक छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।