मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कोपा अमेरिका : पराग्वेसँग अर्जेन्टिना बराबरीमा रोकियो

बिहिबार, असार ५ २०७६

काठमाडौँ । कोपा अमेरिकाको समुह बि अन्तर्गत अर्जेन्टिना आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको छ ।
विहिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना पराग्वेसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

यस खेलमा पराग्वेका लागि रिचार्ड सान्चेजले गोल गरेका थिए भने अर्जेन्टिनाका लागि लियोनेल मेसीले पेनाल्टीमार्फत गोल गरेका थिए ।

खेलको ६३औ मिनेटमा पराग्वेले पाएको पेनाल्टीलाई अर्जेन्टिनाका गोलकिपरले बचाएपछि अर्जेन्टिना हारबाट बचेको थियो ।

यसअघि भएको पहिलो खेलमा अर्जेन्टिना कोलम्बियासँग पराजित भएको थियो ।

अब समुह बि मा २-२ खेलपछि कोलम्बिया दुवै खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा छ भने पराग्वे २ अंकसहित दोस्रो र अर्जेन्टिना र कतार एक अंक सहित तेस्रो र चौथो स्थानमा रहेका छन् ।

अब अर्जेन्टिनाले आफ्नो समुह चरणको अन्तिम खेल कतारसँग र कोलम्बियाले पराग्वेसँग खेल्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार