शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

‘एनआरएनए ‘डे’मा स्पोर्टस एकेडेमीद्वारा खेलाडी सम्मानित

मंगलबार, असोज २६ २०७८

गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्पोर्ट्स एकेडेमीले टोकियो ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।
एनआरएनए स्पोर्ट्स एकेडेमीले सोमबार गैरआवासीय नेपाली दिवस २०२१ को अवसर पारेर टोकियो ओलम्पिक र पारालिम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मानपत्रले सम्मानित गरेको हो । सोही अवसरमा राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य एकेन्द्र कुवर र राखेपका सदस्य सुवाश श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।
टोकियो ओलम्पिकमा नेपालले चार खेल (एथलेटिक्स, पौडी, जुडो र सुटिङ) मा ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पारालिम्पिकमा एक मात्र खेलाडीका रुपमा पारा तेक्वान्दा खेलाडी पलेशा गोबद्र्धनले भाग लिएकी थिइन् । एथलेटिक्सबाट सरस्वती चौधरी, जुडोबाट सोनिया भट्ट, सुटिङबाट कल्पना परियार, पौडीबाट महिलामा गौरिका सिंह र एलेक्स शाह रहेका थिए ।
प्रशिक्षकमा एथलेक्टिस सन्तोष श्रेष्ठ, जुडो प्रशिक्षक सूर्य नारायण श्रेष्ठ, पौडी प्रशिक्षक शंकर कार्की र सुटिङका प्रशिक्षक असिम यादव सम्मानित भएका हुन् । यस्तै पाराओलम्पिक खेलाडी पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भए ।


नेपालको राष्ट्रिय फुटबल टिम लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा प्रसिद्ध पुराउन गरिएको योगदानको उचित मुल्यांकन गर्दै नेपाल फुटबल (ANFA) का अध्यक्ष कर्म छिरिङ पनि सम्मानित भए ।
खेलाडी तथा प्रशिक्षकलाई एनआरएनएका अध्यक्ष कुमार पन्त, कार्यक्रमका प्रमुख अथिती संरक्षक तथा पूर्व अध्यक्ष भवन भट्ट,कार्यक्रमका सभापती मध्यपुर्ब उप-सम्योजक तथा खेलकुद प्रतिष्ठानका बेबस्थापन प्रमुख मनोज गोर्खाली लगायतले सम्मानित गरे । कार्यक्रममा वरिष्ठ खेल पत्रकार श्याम चित्रकार र निरन्जन राजवंशीलगायत विभिन्न खेलका खेलकर्मी तथा प्रशिक्षकहरु पनि सम्मानित भए ।
सोही अवसरमा उसु, जुडो, कराते र तेक्वान्दोका खेलाडीले आ आफ्नो खेल कौशल प्रदर्शन गरेका थिए । एनआरएनए स्पोर्टस् एकेडेमीले नवौं राष्ट्रिय खेलकुदको तयारीलाई मध्यनजर राख्दै निकट भविष्यमानै कराते प्रतियोगिता आयोजना गर्ने भएको एनआरएनए स्पोर्टस् एकेडेमीका सदस्य सचिब धर्म राज गिरि ज्युले जानकारी दिएको छ ।

कार्यक्रमको सभाहलमा गैर आवासिय नेपाली संघका सचिब आर.के.शर्मा,सह कोषाध्यक्ष लोक दाहाल, प्रबक्ता डि.बि.क्षेत्रि, आई.सि.सि.सदस्य द्वोय, कुल आचर्य,टि.बि.कार्की,मध्यपुर्बका युवा सम्योजक राज रेग्मी, एसिया प्यासिफिकका महिला सम्योजक अमृता थापा(कन्चन),आई.सि.सि.सदस्य प्रदिप न्यौपाने,एनसिसि चाईनाका अध्यक्ष रोहित अग्रवाल,संस्थापक सचिब चिरन्जिबी ढकाल लगायत धेरै अभियन्ताहरुको सहभागिता थियो।
भर्चुयल जुमको माध्यमबाट नेदरल्यान्ड बाट युवा सम्योजक हिमाल गुरुङ,कतार बाट मध्यपुर्ब सम्योजक तथा स्पोर्ट्स एकाडेमिका ब्यबस्थापन मेनेजर प्रबिन गुरुङ,मकाउ बाट सान्ती देबि अधिकारी र हङकङ बाट स्पोर्ट्स एकेडेमिका ब्यबस्थापन मेनेजर चेतन गुरुङले पनि सुभेच्छा मन्तबय राख्नु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार