शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

सन्दीप बने सेप्टेम्बर महिनाको आइसीसी ‘प्लेयर अफ द मन्थ’

सोमबार, असोज २५ २०७८

काठमाडौं । नेपाली स्टार स्पीनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सेप्टेम्बर महिनाको प्लेयर अफ द मन्थको विजेता बनेका छन् ।

आईसीसीको मनोनयनमा रहेका बंगलादेशका नसुम अहमद अमेरिकी पावर हिटर जस्करण मल्होत्रालाई पछि पर्दै सन्दीपले सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बनेका हुन् ।

सन्दीपले सेप्टेम्बरमा आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत ओमान भ्रमणका क्रमममा ६ एकदिवसीय खेले खेल्दै १८ विकेट लिएका थिए ।

सन्दीपले पपुवा न्युगिनीविरुद्धको एकै खेलमा ११ रन दिएर ६ विकेट लिदै आफ्नो क्यारियरकै उत्कृष्ट बलिङ गरेका थिए ।

समर्थकको भोटको आधारमा सन्दीप विजयी भएको आइसीसीले जानकारी दिएको छ ।

यसअघि ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको अप्रिल महिनाको प्लेयर अफ द मन्थको मनोनयनमा परे पनि उपाधि जित्न सकेका थिएनन् ।

त्यस्तै महिला खेलाडी तर्फ भने इङल्याण्डकी कप्तान हिथर नाइट सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बनेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार