शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

जुनु गुरुङको पहलमा म्यान्मारमा एनआरएनको महिला फोरम गठन

बुधबार, असार ४ २०७६

०४ असार(जस) – एशिया तथा प्रशान्त क्षेत्रमा गैर–आवासीय नेपाली संघ (एनआरएनए एनसीसी)को महिला फोरम गठन हुने क्रम जारी छ । मकाउ पछि म्यान्मार पनि एनआरएनए एनसिसिको राष्ट्रिय परिषद अन्र्तगतको महिला फोरम गठन भएको छ । म्यान्मारको महिला फोरमको संयोजकमा डाक्टर मीना देबी सापकोटा निर्वाचित भएकी छन । अध्यक्ष एस पि क्षेत्रीको प्रमुख अतिथ्यमा म्यान्मारमा महिला फोरम गठन भएको जानकारी एशिया प्यासिफिक क्षेत्रको महिला संयोजक जुनु गुरुङले दिएकी छन । फोरमलाइ सहयोग गर्न त्यहाँ स्थित नेपाली राजदुताबासबाट श्रीमती मदन रंजना उदासको उपस्थिति रहेको थियो । उदासले महिला फोरमलाई आवश्यक विषयमा सुझाव दिने बताइएको छ ।
मकाउ पछि म्यान्मारमा महिला फोरम गठनमा दक्षिण कोरियामा व्यावसाय गर्दै एनआरएनमा सक्रिय रहेकी जुनु गुरुङको पहल रहेको छ । महिला संयोजक सम्हाले यता गुरुङको पहलमा महिला फोरम गठन प्रक्रियाले तिब्रता पाएको हो । एशिया प्यासिफिकको क्षेत्रीय बैठक तथा महिला बैठक नजिकिदै जादाँ गुरुङको सक्रियतासँगै महिला फोरम गठन हुने क्रम बढेको हो । क्षेत्रिय बैठक आउने जुलाई ६ र ७ तारिख हुदै छ ।
म्यान्मारको महिला फोरम नामावली
संयोजकः डा. मिना देवी सापकोटा
सदस्यहरू
विद्या ज्ञवाली,
मुना भट्टराई,
डा. सोनीया पोखरेल,
कलवती सापकोटा,
कुमारी न्यौपाने,
सुनिता बञ्जारे,
चाँद नौलखा
कलवती बानीयाँ,
कमला वाग्ले

प्रतिक्रिया
सम्बन्धित समाचार