–राम सी पोखरेल
नयाँ नेतृत्व चयनको समय नजिकिदै गर्दा गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एकाएक बिवादमा परेको छ । अधिबेशनमा भाग लिने प्रतिनीधीहरुको छनौटको बिषयलाइ लिएर नेपालको पररष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय समन्वय परिषद तथा राष्ट्रय समन्वय परिषदका निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न भनेपछि चार सातापछि हुन लागेको संघको नयाँ नेतृत्व चयनको प्रक्रिया नै अन्यौलमा परेको छ । हुनत , संघका वर्तमान अध्यक्ष र महासचिबहरुबाट निर्धारित समयमा नै निर्वाचन हुने अडान र प्रतिबद्धताहरु सार्वजनीक भएका छन । उहाँहरुका अडान र प्रतिबद्धताहरुका बाबजुद पनि , अब निर्धारित समयमा नै निर्वाचन हुनेमा शंका उत्पन्न भएको छ ।
शंकासँगै , परराष्ट्र मन्त्रालयको पत्रले एनआरएन भित्रको खिचातानीलाइ सरकारी तहमा नै सतहमा ल्याइदिएको छ । हुनत, एनआरएन भित्रको आन्तरिक किचलो नयाँ होइन । भित्र भित्र किचलोहरु भैरहेकै थिए । तर किचलोमा परराष्ट्र मन्त्रालय नै संलग्न भएको भने शायद यो पहिलोपटक हो । एनआरएनको आन्तरिक किचलोमा संलग्न भएर परराष्ट्र मन्त्रालयले सही वा गलत के गरयो ? बिश्लेषण गर्दै गरौला । आफनो मातहतको संस्थाको अधिबेशन प्रतिनीधीहरुको छनौटमा अनीयमितता भयो भन्ने उजुरी परेपछि उसले चासो देखाउनु एक हिसाबले स्वाभावीक पनि हुन सक्छ । यसैले परराष्ट्रको कदमप्रती मेरो खासै धेरै टिप्पणी छैन ।
मेरो बिचारमा , प्रतिनिधीको छनौटको बिषय परराष्ट्र मन्त्रालय तहमा पुग्नु पर्ने बिषय नै होइन । प्रतिनिधी छनौटको कुरा पहिले त राष्ट्रिय समन्वय परिषदहरुले नै व्यवस्थापन गर्नु पर्ने बिषय हो । त्यहाँ बिवाद भए , क्षेत्रीय संयोजकहरुको तहमा यस्ता बिषयहरुको समाधान गर्नु पर्ने हो । समस्या के छ भने अहिलेसम्म क्षेत्रीय संयोजकहरुलाइ प्रभावकारी बनाइएकै छैन । राष्ट्रिय समन्वय परिषद भित्रका किचला र प्रतिनिधी छनौटका बिषयलाइ असामान्य अवस्थामा बाहेक क्षेत्रीय तह भन्दा माथी आउनु दिनु हुँदैन ।
क्षेत्रीय संयोजकहरुको अली भुमिका
बढाएको भए प्रतिनीधी छनौट जस्ता सामान्य बिषयहरु त्यतै सल्टिन्थ्ये । यसैले क्षेत्रीय संयोजकहरुको भुमिका बढउने तर्फ संघले आजैदेखि सोचोस भन्ने मेरो आग्रह छ ।
क्षेत्रीय संयोजकहरुको भुमिकालाइ प्रभावकारी बनाउने हो अन्र्तराष्ट्रिय परिषद र राष्ट्रिय समन्वय परिषद बिचको सम्बन्ध पनि बलीयो र अर्थपूर्ण हुन सक्छ । अमेरिकाज क्षेत्रको वर्तमान उप क्षेत्रीय संयोजक र क्षेत्रीय संयोजक पदको आकाँक्षीका रुपमा मेरो कोशीस अन्र्तराष्ट्रिय परिषद र राष्ट्रिय समन्वय परिषद बिचको सम्बन्धलाइ बलीयो र अर्थपूर्ण बनाउनमा नै केन्द्रित हुनेछ । यसो हुन सके , धेरै जसो समस्याहरु क्षेत्रगत तहमा नै सल्टिन्छन ।
क्षेत्रीय संयोजकको तहमा समस्या सल्टिन नसके , संयोजक मार्फत नै संघ अन्तर्राष्ट्रिय परिषदमा र त्यहाँ पनि समाधान हुन नसके मात्र माउ संस्था परराष्ट्र मन्त्रालयमा लग्ने हो ।काम कुरो एकातीर , कुम्लोबोकी ठिमीतीर भने जस्तो एनआरएनले गर्नेुपर्ने काम एकातीर छन , हामी अर्कै बिवादतीर लागेका छौं ।
आ आफनो ताकत देखाउने ताकमा एनआरएन बिवादको भुमरीमा परेको छ ।
एनआरएनलाइ आ आफना राजनैतीक गठजोड र दाउपेचको बिषय बनाउनु हुँदैन । एनआरएनलाइ बिवादरहित र एउटा बिशुद्ध सामाजीक संस्था कै रुपमा रहन दिंदा एनआरएनका उदेश्य र चाहनाहरु पुरा गर्न सकिन्छ । बिवादीत र गुटमा बिभाजीत एनआरएनले आफुले चाहेका र सोचेका उपलब्धीहरु प्राप्त गर्न सक्दैन भने समग्र गैर आवासीय नेपालीको भावनाको प्रतिनिधीत्व पनि गर्न सक्दैन ।
एनआरएनलाइ थप बिवादीत हुनबाट जोगाउँ । स्वच्छ र स्वस्थ्य ढंगले नेतृत्व छनौट हुने वातावरण बनाउँ । एनआरएनलाइ बिवादहरुबाट जोगाउन ढिला भैसक्यो । बिवादका यस्तै श्रृंखलाहरुका कारण एनआरए दिन प्रतिदिन कमजोर जस्तो बन्दै गएको छ । कमजोर संस्थामा जतीसुकै ठुलो पद भएपनि त्यसको कुनै अर्थ हुँदैन , जती अर्थ बलीयो संस्थाको सामान्य सदस्य मात्र हुँदा पनि हुन्छ ।