शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कतार भिसा सेन्टर (क्यूभिसी)द्धारा दोहामा अन्तरक्रिया, नेपाली संघसंस्था, व्यवसायी तथा एजेन्सीहरुलाई क्यूभिसीका बारेमा बिस्तृत जानकारी प्रदान

मंगलबार, असार ३ २०७६

काठमाडौं, ३ असार । काठमाडौं(जस)–नेपालमा भर्खरै आफ्नो सेवा शुरु गरेको कतार भिसा सेन्टर (क्यूभिसी)ले सोमबार कतारमा बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सेन्टरले नेपाली संघसंस्थाका प्रतिनिधि, नेपाली व्यवसायी, मेनपावर एजेन्सीलगायतलाई बोलाएर क्युभिसिका बारेमा बिस्तृत जानकारी गराएको हो । उक्त कार्यक्रममा क्यूभिसी कतारका प्रमुख मेजर अब्दुल्ला खालिफा अल मोहन्नदी, मानव संशाधन मन्त्रालय कतारका प्रमुख मोहम्मद अलि, क्यूभिसीका विभिन्न पदाधिकारी, गृह मन्त्रालय कतारका उच्च पदाधिकारीलगायतले क्यूभिसीका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा कतारका पुराना व्यवसायी एवम एनआरएनएका उपाध्यक्ष डा देवकाजी डंगोल, नेपाल कम्युनिस्ट पार्टी कतारका अध्यक्ष चानक पोखरेल, गैरआवासीय नेपाली संघ(एनआरएनए) कतारका अध्यक्ष नवीन पोखरेल, राष्ट्रिय मानवअधिकार आयोग कतारका नेपाल प्रतिनिधी एवम बैदेशिक रोजगार बिज्ञ प्रो रमाजान अलि मिया, अन्तराष्ट्रिय मुस्लिम संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा, एनआरएनए कतारका उपाध्यक्ष तेज कटुवाल, एनआरएनए कतारका महासचिब बुधवल गुरुङ, एनआरएनए कतारका युवा संयोजक माया केसीलगायत नेपाली व्यवसायी, विभिन्न मेनपावर कम्पनीका पिआरओ र मेनेजरलगायतको उपस्थिती रहेको थियो ।

काठमाडौंमा कतार भिसा सेन्टर शुरु, कतार रोजगारीमा जान सम्पूर्ण प्रक्रिया अब नेपालबाटै

कार्यक्रममा क्युभिसि कतारका प्रमुख मेजर अब्दुल्ला खालिफा अल मोहन्नदीले क्युभिसिका बारेमा जानकारी गराउदै क्युभिसि कतार सरकारको आफ्नै परियोजना भएको बताए । उनले क्युभिसि कतारसँग सम्बन्ध भएका सबै देशमा सञ्चालनमा ल्याईने जनाउँदै नेपालमा पनि शुरु भएको र केही दिनमै यसको पूर्ण सञ्चालन गरिने बताए । उनले क्युभिसिबाट दुवै देशलाई फाईदै–फाईदा हुने दाबी गरे । उनले क्युभिसिमार्फत कतार आउँदा नेपाली कामदारले एक रुपैयाँ पनि तिर्नु नपर्ने बताउदै लाउन्ज शुल्क तुरुन्तै भिसा चाहिने पर्यटकहरुको लागिमात्रै भएको बताए । ‘ क्यूभिसीले कामदारको नेपालमा गरिने मेडिकल, बायोमेट्रिक, श्रम सम्झौता, ओरियन्टेसनलगायत काम दुई घन्टामा सम्पन्न गर्छ । यसको लागी कतारकै कामदार माग गर्ने कम्पनीले क्युभिसिलाई ८७५ रियाल तिर्नेछ । कामदारले एक रुपैयाँ पनि तिर्नुपर्दैन र उसको प्रक्रिया शुरु गरेको छ दिनमै भिसा प्राप्त गर्दछ’, उनले भने । उनले क्युभिसि सन्चालनमा आएपछि कुनै नेपाली कामदारलाई समस्या नपर्ने र समस्या परे सरकारले नै जिम्मेवारी लिनेसमेत बताए । ‘अब कामदार भिसा, फेमिली भिसा र भिजिट भिसा नेपालबाटै क्युभिसिले दिने भएका कारण आजाद भिसाको नाममा भईरहेको ठगीको अन्त्य भएको छ र आजाद भिसा पूर्ण रुपमा बन्द भएको छ’, उनले बताए ।

मोहन्नदीले आफुहरुले नेपाली कामदार कतार आएर गर्नुपर्ने सबै प्रक्रिया नेपालमै गएर गर्न लागेको मात्रै भएको बताउँदै नेपालमा नेपाल सरकारकै प्रक्रियाबाट कामदार छनोट हुने र कतारमा हुने प्रक्रियाहरु कामदारकै हकहितका लागी नेपालमा निशुल्क गरिदिदा पनि बिरोध हुँदा दुख लागेको बताए । उक्त कार्यक्रममा नेपाली संघसंस्थाका प्रतिनिधिहरुले सोधेको प्रश्नको जवाफ सम्बन्धित निकाय र व्यक्तिले दिएका थिए ।

कार्यक्रममा प्रो रमाजान अलि मियाले क्युभिसिबाट नेपाल र नेपाली कामदारलाई फाइदै–फाईदा पुग्ने बताए । उनले क्युभिसि सुरु भएपछि आजाद भिसाको नाममा भईरहेको ठगीको अन्त्य भएको पनि बताए ।

‘कामदारको कतारमा गरिने प्रक्रिया नेपालमै गरिने भएकाले कामदार कतार आएर नेपाल फर्किनुपर्ने समस्याको अन्त्य भएको छ । क्युभिसिलाई हामीले स्वागत गर्नुपर्छ,’ प्रो मियाले भने । उनले नेपाली कामदारलाई निशुल्क सेवा दिएकोमा क्युभिसिलाई धन्यवाद समेत दिए । उनले अब कतार रोजगारीमा तलब स्केलको समस्या रहेको बताउँदै यो छलफल गरेर अन्त्य गर्न नेपाल सरकारलाई आग्रह गरे । अहिले कतारले नेपाली कामदारको न्यूनतम तलब ७६० र खाना २०० रियाल र नेपाल सरकारले न्यूनतम तलब ९०० र ३०० रियाल खानाको लागि तय गरेका छन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार