मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

युभेन्टसको नयाँ प्रशिक्षक बने माउरीजियो सारी

सोमबार, असार २ २०७६

काठमाडौं(एजेन्सी)–इटालियन कल्ब युभेन्टसले माउरीजियो सारीलाई नयाँ प्रशिक्षक बनाएको घोषणा गरेको छ । सारीले प्रिमियर लिग क्लब चेल्सीमा आफ्नो एक बर्षे कार्यकाल छोडेर युभेन्टसको प्रशिक्षक बनेका छन् । ६० बर्षिय सारीलाई युभेन्टसले तीन बर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको छ । यो सँगै सारीले युभेन्टसमा प्रशिक्षक मासिमिलियानो अल्लेग्रीको ठाउँ लिने भएका हुन् ।
सारीसँग २० भन्दा बढी क्लबलाई प्रशिक्षण दिएको अनुभव छ भने हालै चेल्सीमा रहदा उनले चेल्सीलाई युरोपा कप जिताएका छन् । २०१८ को जुलाईमा मात्र इटालियन क्लब नापोलीबाट चेल्सी आएका सारीले चेल्सीमा खेलेका कुल ६३ खेलमा ३९ खेलमा टिमले जित हासिल गरेको छ भने १३ खेलमा बराबरी र ११ खेलमा हार बेहोरेको छ । इटालीका नै सारीले इटालियन महारथी क्लब युभेन्टसमा क्रिस्टियानो रोनाल्डोजस्ता हस्ती खेलाडीलाई सम्हाल्ने छन् । यता चेल्सीले पनि आइतबार नै सारीले चेल्सी छोडेको जानकारी गराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार