काठमाडौं (जस)–‘विश्व अमेरिका नेपाल संगीत अवार्ड २०१९’ आयोजना हुने भएको छ । वल्र्ड कनेक्सन यु.यस.ए इन्कले नेपाली गीत संगीतको बिकाशका लागि यो अवार्ड आयोजना गर्न लागेको हो । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आयोजक वल्र्ड कनेक्सन यु.यस.ए इन्कले अवार्डको मुख्य उदेश्य नेपाली संगीत र अमेरिकी नेपाली मुलधारमा रहेका नेपाली युवाहरुको सांगीतिक प्रतिभालाई प्रवद्र्धन तथा बजार व्यवस्थापन गर्नु रहेको जानकारी दियो । ‘नेपाली समुदाय विश्वका विभिन्न कुनामा छरिएर रहेको र त्यसरी रहेका कतिपय सांगीतिक क्षेत्रमा समेत आवद्ध रहेको हुनाले त्यसरी विश्वका विभिन्न भागमा छरिएका प्रतिभालाई यस अर्वाड मार्फत एकीकृत गर्नु पनि अर्काे हाम्रो उद्देश्य हो’ आयोजक संस्थाका अध्यक्ष आङ गेलु शेर्पाले बताए ।
‘विश्वको विभिन्न कुनामा छरिएर रहेका हामी नेपालीहरुको दोस्रो पुस्ताले हाम्रो नेपाली गीत संगीतका साथै भाषालाई पनि पछिल्लो समय भुल्दै गएको तथ्याङ्कहरु देखिएको छ’ शेर्पाले भने ‘नेपाली कलासंस्कृति र भाषालाई अन्तराष्ट्रिय स्तरको सांगीतिक अवार्डका कारण भावी पुस्तासँग जोड्न सकिने छ ।’ अवार्ड आगामी २३ नोभेम्बरमा अमेरिकाको न्यूयोर्कमा आयोजना हुनेछ ।
अवार्डका विधाहरु
१.उत्कृष्ट पाश्र्व गीत– पुरुष र महिला
२.भाषा–भाषीका चलचित्र गीत–पुरुष र महिला
३.आधुनिक गीत– पुरुष र महिला
४.लोकदोहोरी गीत– पुरुष र महिला
५.लोकगीत– पुरुष र महिला
६.गीतकार
७.संगीतकार
८.म्यूजिक भिडियो निर्देशक
९.संगीत संयोजक
१०.लोपोन्मुख गीत
११.पप गीत– पुरुष र महिला
१२.लोक गीत लय संकलक
१३.म्यूजिक भिडियो मोडल( पुरुष र महिला
लोकभाकामा पनि समर्पित
हाम्रो अमुल्य निधिका रुपमा रहेका मौलिक लोकभाकाहरु अहिले लोप हुने अवस्थामा पुगेका छन् । भएक कतिपय लोकभाकाहरुमा पनि प्रशस्तै विकृति भित्रिएका छन् । तीज गीत पुरुषले गाउने, कडेवा भाका हाल अपभ्रंश भई कौडा नामले चिनेको गीतमा पुरुष नाच्ने, यानीमाया सोरठीहरुमा पश्चिमी बाजाहरु मिसाई सस्तो लोकप्रियतामा डुब्ने जस्ता विकृतिको रोकथाम कहीँ कतैबाट नभएको देखिन्छ । यस्तो विकृतिलाई निश्पक्ष तरिकाले यस अवार्ड मार्फत संरक्षण र प्रवर्धन गर्ने पहलको जमर्को पनि अवार्ड हो । अवार्डमा नानुले भाका, सुनीमाया, हुद्रा भाका, तेर्सो भाका, नुन बोक्ने भाका, जेठे लोक भाका, उभो खोले भाका, पाङदुरे भाका लगायतका लोक भाका समेवेश छन् ।
कसरी सहभागिता जनाउने ?
१जनवरी २०१८ देखि अगष्ट ३०,२०१९ सम्मका सार्वजनिक भएका गीतले अवार्ड कार्यक्रममा अनलाइन र प्रत्यक्ष फर्म भरेर सहभागिता जनाउन सकिनेछ । फर्म जुन २१ बाट अगष्टको ३० सम्म संसारभरीबाट दर्ता गराउन सकिनेछ । अगष्ट ३० पश्चात कुनै पनि फर्म दर्ता लिइने छैन । अवार्डमा सहभागि हुने गीतहरु १ जनवरी २०१८ देखि ३० अगष्ट २०१९ भित्र सार्वजनिक भएको हुनु पर्ने आयोजकले जनाएको छ । नेपाल सहित विश्वभरिबाट दर्ता भएका प्रतिभाहरुबाट उत्कृष्ट १० छनौट गरिनेछ । त्यही उत्कृष्ट दश मध्यबाट एक बिजेता छानिनेछ ।
बिजेता छनौटको आधार
४० प्रतिशत भोटिङ
४० जुरी
२० सोसल मिडिया