आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कतार भिसा सेन्टर (क्युभिसि) बारे सोमबार कतारमा अन्तरक्रिया, नेपाली संघसंस्था तथा व्यवसायी सहभागी हुने

आइतबार, असार १ २०७६

काठमाडौं, १ असार । वैदेशिक रोजगारीका लागी कतार जाने नेपाली कामदारका लागि स्थापना गरिएको कतार भिसा सेन्टर (क्युभिसि) बारे कतारमा एक ‘कतार भिसा सेन्टर इन नेपाल’ विषयमा अन्तरक्रिया आयोजना हुँदैछ । सेन्टरले (क्युभिसीबारे विस्तृत जानकारी दिने उद्देश्यले भोलि कतारमा नेपाली संघसंस्था तथा व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कतारमा रहेका सबै नेपाली संघसंस्था तथा कम्पनीका एक–एक जना प्रतिनिधी तथा मेनपावर व्यवसायी र एजेन्टहरुलाई समेत आमन्त्रण गरिएको छ । कार्यक्रम कतारको आन्तरिक मन्त्रालय अन्तर्गत जनसम्पर्क विभाग, पासपोर्ट निर्देशनालय अन्तर्गत भिसा सपोर्ट सर्भिस र क्यूभिसीको आयोजनामा हुन लागेको हो । कार्यक्रममा कतार भिसा सेन्टरबारे रहेका जिज्ञासा हरु समाधान गरिने सेन्टरले जनाएको छ । कार्यक्रम सोमबार बिहान ९ ः४५ मा वासणज्य तथा उद्योग मन्त्रालयमा रहेको शेख फहाद अडिटोरियम हलमा हुनेछ ।


क्युभिसिले बैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा , स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप लिने काम गर्छ भने क्युभिसिमै कामदारले करारपत्रमा हस्ताक्षर पनि गर्नेछन भने कागजपत्र स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका सबै कामहरु पनि सेन्टरमा नै हुने गर्छ । पहिला कतारमा गरिने यि काम नेपालमै सबै हुने भएपछि कामदार कतार पुग्नासाथ आफ्नो परिचयपत्र पाउने र कुनै समस्यामा नपर्ने क्युभिसिले जानकारी गराएको छ । क्युभिसिको सुरुवातपछि कतार जाने नेपाली कामदार कुनै समस्यामा नपर्ने र कामदारसँगै बैदेशिक रोजगार व्यवसायीलाई पनि क्युभिसिबाट फाईदा नै फाईदा हुने कतारको दाबी छ । कतारले भिसा सहजीकरण र कामदारको समस्या न्युन गर्नका लागि बंगलादेश, पाकिस्तान, श्रीलंका र भारतमा क्युभिसि सञ्चालन गरिसकेको छ । नेपाल क्युभिसि संचालन हुने मुलुकमा पाँचौ मुलुक हो कतारले आफ्नो देशमा बढी कामदार आउने स्रोत मुलुकहरुमा पहिलो चरणमा क्युभिसि संचालन गरिरहेको छ ।

क्युभिसि संचालनपछि भिसा प्रोसेसिङ,मेडिकल लगाएतमा नेपाली श्रमिकहरुले लामो समय कुर्नु नपर्ने भएको छ । कतार जान ईच्छुक कामदार मेडिकल फेल भए वा अन्य समस्या भएमा नेपालबाट नै कतार जान नपाउने भएकाले कतार पुगेर फर्किनुपर्ने समस्याको अब अन्त्य हुने दाबी सेन्टरको छ । क्युभिसिबाट रोजगारीमा कतार जाने नेपाली श्रमिकहरुको तथ्यांक राखिने छ यस्ले कति नेपाली रोजगारीमा कतार गए र कति नेपाली कतारबाट फर्केर आए, कुन कामदार कस्तो अवस्थामा रहेको छ भन्ने जानकारी हुनेछ । कतार सरकारले नै क्युभिसि सञ्चालन गरेकोले कतार जाने कामदारलाई समस्या नआउने क्युभिसिले जनाएको छ ।
क्युभिसिले विभिन्न देशको सफल परीक्षणपछि नेपालमा संचालनमा ल्याईयको हो । यसबाट नेपाली कामदार, मेनपावर ब्याबसायी र नेपाल सरकारलाई फाईदा नै फाईदा पुग्ने बैदेशिक रोजगार विज्ञहरु बताउँछन । क्युभिसिले नेपालमा दिने सबै सेवाहरु निशल्क रहेको छ यसबाट कामदारलाई धेरै फाईदा पुगेको सम्बन्धितहरु बताउँछन् । कतार भिषा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलीफा अल मोहन्नदीले नेपालमा क्युभिसि संचालन भएसँगै नेपाली कामदार,नेपाली म्यानपावर ब्याबसायी र नेपाल सरकारलाई धेरै फाईदा भएको र कतार आउने कामदारले दुख नपाओस भन्ने उद्देस्यले नै कतार सरकारले क्युभिसी कार्यालय कामदार स्रोत मुलुकहरुमा संचालन गरेको बताए । नेपालमा काठमाडौंको महाराजगंजमा क्युभिसीको कार्यालय रहेको छ ।

कार्यक्रमबारे जानकारी :
After compliments from Public Relations Department of the Ministry of Interior,
On the occasion of opening of’Qatar Visa Centre’ in Nepal recently, the Public Relations Department of the Ministry of Interior has pleasure to inform you that the ‘Visa Support Services Department’under the‘General Directorate of Passports’ will be organizing an Induction seminar on”Qatar Visa Center in Nepal” for the representatives of Nepalese community organizations in Qatar onMonday, 17/6/2019 at 9. 45 am in the Sheikh Fahad Auditorium (First floor, Tower at Ministry of Commerce and Industry building in Lusail area(Same Tourism Department Building in Lusail).

During the seminar, officers from the Visa Support Services Department of the Ministry of Interior, which supervises on Qatar Visa Center will be explaining the new procedures forthe expats coming to Qatar for workand the audience can clarify the doubts related with the services of Qatar Visa Center.

प्रतिक्रिया
सम्बन्धित समाचार