काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित एकदिवसिय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज (विहान) ओमान प्रस्थान गरेको छ।
सेप्टेम्बरमा हुन आइसिसि विश्वकप क्रिकेट लिग टु को त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली आज सलाम एयरबाट ओमान प्रस्थान गरेको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजकै लागि गत शनिबार घोषणा गरेको १७ सदस्यी खेलाडी र पाँच अफिसियल्सलाई आईएमई ट्राभल्स प्राइभेट लिमिटेडले विदाई गरेको हो।
टोलीलाई आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले विदाई गरे। १७ सदस्यीय नेपाली टोलीमा रोहित कुमार पौडेल लामो समयपछि सिनियर टोलीमा कमब्याक गरेका छन् भने शरद भेषवाकर र विक्रम शोबले टोलीमा पुनरागमन गरेका छन।
गुल्सन झाले राष्ट्रिय टोलीबाट पहिलो पटक भ्रमणको मौका पाएका छन्।
त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिका सँग २/२ खेल खेल्ने छ । क्रिकोणात्मक सिरिज पूर्व नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग भदौ २० गते र भदौ २३ गरी दुई एक दिवसीय खेल खेल्ने तालिका रहेको छ। ओमानमा नै हुने पिएनजीसँगको खेलपछि पछि नेपाली टोलीलले त्रिकोणात्मक सिरिज खेल्नेछ।
आइसीसी विश्वकप क्रिकेट लिग टु मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ। जसमा दुई जित निकाल्दा दुई खेलमा नजित सुम्पिएको छ।
घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले ४ खेल खेलिसकेको छ। लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ।
नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ। पिएनजीले ८ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन्।