मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कोपामा अर्जेन्टिनाको खराब सुरुवात, कोलम्बियासँग पराजित

आइतबार, असार १ २०७६

काठमाडौँ । कोपा अमेरिका अन्तर्गत कोलम्बियाले अर्जेन्टिनालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । आइतबार बिहान भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

कोलम्बियाको जितमा रोजर मार्टिनेज र डुभान जपाटाले एक एक गोल गरेका थिए । खेलको पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा मार्टिनेजले खेलको ७१औ मिनेटमा गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि ८३औ मिनेटमा सबस्टिच्युटको रुपमा आएका जपाटाले खेलको ८६औ मिनेटमा गोल गर्दै कोलम्बियाको अग्रता दोब्बर पारेका थिए । यो सँगै कोलम्बियाले सन् २००७ पछि पहिलो पटक अर्जेन्टिनालाई पराजित गरेको छ ।

कोपा अन्तर्गत नै आजै भयेक ओर्को खेलमा भेनेजुएला र पेरु बिना कुनै बराबरीमा रोकिएका छन् ।

कोपा अन्तर्गत अब अर्को खेल पराग्वे र कतार तथा उरुग्वे र इक्वेडरबीच हुदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार