बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

पीएसजी भित्रिए लियोनल मेसी, पिएसजीसँग २ वर्षका लागि सम्झौता

बुधबार, साउन २७ २०७८

काठमाडौं । विश्व चर्चित फुटबल खेलाडी तथा अर्जेन्टिनी सुपर स्टार लियोनल मेसीलाई फ्रेन्च लिग वानको क्लब पिएसजी भित्रिएका छन् । उनले पिएसजीसँग २ वर्षका लागि सम्झौता गरेका हुन् ।
पिएसजीले २५ मिलियन युरो सम्झौता रकम तिरेको बताइएको छ । क्लबमा मेसी भित्रिएपछि नेयमारले स्वागत गरेका छन् । यसैबीच मेसी अब पिएसजीबाट खेल्ने पक्का भएको छ ।

पिएसजीमा अनुबन्धित भएका मेसीले ३० नम्बरको जर्सी लगाउने भएका छन् । अन्तराष्ट्रिय मिडियाका अनुसार पिएसजीसँगको सम्झौताका लागि मेसी आज पेरिसमा छन् ।

बार्सिलोना छाडेका मेसीलाई तानातान, म्यानचेस्टर युनाइटेडले गर्‍यो महँगो तलबको अफरबार्सिलोना छाडेका मेसीलाई तानातान, म्यानचेस्टर युनाइटेडले गर्‍यो महँगो तलबको अफर

आइतबार मात्रै मेसीले पत्रकार सम्मेलन गरेर आफुले बार्सिलोना छाडेको घोषणा गरेका थिए । उनले पत्रकार सम्मेलनमा २१ वर्ष बार्सिलोनामा बिताएर विछोडिनु पर्दाको पीडा सुनाएका थिए ।

उनले आफूले बार्सिलोना छाड्ने कहिल्यै कल्पना नगरेको पनि बताएका थिए । उनले बार्सिलोना छाडे लगत्तै उनलाई अन्य क्लबबाट अफर आइरहेको छ । उनलाई म्यानचेस्टर युनाइटेडबाट पनि अफर आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार