मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

विश्वकप क्रिकेट : आज अष्ट्रेलिया र श्रीलंका तथा अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै

शनिबार, जेष्ठ ३२ २०७६

काठमाडौं / इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज शनिबार दुई खेल हुँदैछ ।

शनिबार हुने पहिलो खेलमा अष्ट्रेलिया र श्रीलंका तथा दोस्रो खेलमा अफगानिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।

इंग्ल्याण्डको लन्डनको केनिङटन मैदानमा उपाधि दाबेदार राष्ट्र अष्ट्रेलिया र पूर्व विजेता श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

अष्ट्रेलिया चौथो जित निकाल्न चाहन्छ भने श्रीलंका दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

अष्ट्रेलियाले ४ खेलमा ३ जित र १ हारसहित ६ अंक जोडेको छ । यता, श्रीलंकाले ४ खेलमा १ जित, १ हार र २ बराबरी सहित श्रीलंकाको ४ अंक जोडेको छ ।
यसैगरी शनिबार कार्डिफमा हुने दोस्रो खेलमा अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।

दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

दक्षिण अफ्रिकाले ४ खेलमा ३ पराजित र १ बराबरीसहित १ अंक जोडेको छ भने अफगानिस्तानले खेलेको तीनै खेल गुमाउँदै अंक तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार