काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले कार्डिफ सिटीलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा सिटीले कार्डिफलाई २-० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा केभिन डी ब्रुने र लिरोय सानेले एक एक गोल गरेका थिए ।
ब्रुनेले खेलको छैठौ मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए भने सानेले खेलको ४४औ मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर गरेका थिए ।
जितपछि सिटी लिगको शिर्ष स्थानमा उक्लिएको छ । सिटीको ३२ खेलमा ८० अंक छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको ३२ खेलमा ७९ अंक रहेको छ ।
सिटीले अब अर्को खेल आगामी शनिबार ब्राइटनसँग खेल्ने छ ।