आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

रामकृष्ण ढकालको ‘तिम्रो महल’ सार्वजनिक

मंगलबार, जेष्ठ २८ २०७६

काठमाडौँ(जस)–नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत ‘तिम्रो महल’ को भिडियो सार्वजनिक भएको छ । माधव ढकालको शब्द र गैरे सुरेशको संगीतले सजिएको गीतको भिडियोमा दिपेन गौतम र जुना सुन्दासको अभिनय रहेको छ । भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् ।
गीतका रचनाकार ढकाल निजामती सेवाका उपसचिव समेत हुन् । यसअघि ढकालको ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ बोलको गीत बहुचर्चित बनेको थियो । ५ सय भन्दा बढी गीतमा संगीत भरिसकेका संगीतकार गैरे भने पछिल्लो समयका व्यस्त संगीतकार मानिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार