सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

चेन्नईको पहिलो हार, मुम्बईको जितमा हार्दिकको उत्कृष्ट प्रदर्शन

बिहिबार, चैत्र २१ २०७५

काठमाडौँ । आइपिएल अन्तर्गत मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गयेआती सम्पन्न खेलमा मुम्बईले चेन्नईलाई ३७ रनले पराजित गरेको हो ।

मुम्बईले दिएको १७१ रनको लक्ष्य पछाएको चेन्नई २० ओभरमा ८ विकेट गुमाउदै १३३ रनमा सिमित भएपछि खेल मुम्बईले जितेको हो ।

चेन्नईका लागि केदार जादभले सर्वाधिक ५८ रन बनाए भने सुरेश रैनाले १६ तथा महेन्द्र सिंह धोनी तथा सर्दुल ठाकुरले १२-१२ रन बनाए ।

मुम्बईका बलर हार्दिक पाण्डेय र लातिस मैलिंगाले ३-३ विएक्त लिए भने बेहरन ड्रोफले २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको हो ।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५९ रन बनाए भने क्रुनाल पाण्डेयले ४२ रन बनाएका थिए । त्यस्तै रोहित शर्मा १३ र क्वेंटक डी ककले ४ बनाएर आउट भएका थिए ।
मुम्बईका लागि हार्दिक पाण्डेयले ८ बलमा २५ र केरन पोलार्डले ७ बलमा १७ रन बनाएका थिए ।

चेन्नईका लागि दिपक चहर, मोहित शर्मा, इमरान ताहिर, रविन्द्र जडेजा र डेवान ब्राभ्रोले एक एक विकेट लिएका थिए ।

यससँगै प्रतियोगितामा चेन्नईले पहिलो हार बेहोरेको छ । चेन्नई ४ खेलमा ३ मा जित र एक हार सहित ६ अंक बटुलेको छ भने मुम्बई ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंक बटुलेको छ । आइपिएल अन्तर्गत आज्ज दिल्ली क्यापिटल र सनराइजर्स हैदरावादबीच खेल हुदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार