सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीद्धारा राजीनामा,मुख्यमन्त्री शंकर पोखरेलको सरकार संकटमा

शुक्रबार, असार १८ २०७८

काठमाडौ(जस)-लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहेका सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् ।

जसपाको सरकारलाई सर्मन नरहेकाले प्रदशे सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ ।उनीसहित जसपाका चार सांसदले समर्थन गरेका कारण मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकेको थियो । मुख्यमन्त्री पोखरेलले पनि चार सांसदलाई मन्त्री बनाएका थिए ।शर्माले राजीनामा दिएसंगै मुख्यमन्त्री पोखरेलको सरकार संकटमा परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार