बुटवल । सञ्चारकर्मी रुपा सुनारमाथि कोठा खोज्ने क्रममा भएको जातीयविभेद र बिभेदलाई प्रोत्साहन गर्दै घरवेटी सरस्वती प्रधानलाई उन्मुक्ती दिने शिक्षा मन्त्रीबाट भएको गैर जिम्मेवार कार्यको विरुद्धमा बुधवार बुटवलमावृहत जुलुस प्रदर्शन गरिएको छ।
गत असार १ गते काठमाडौँमा रुपा सुनारले कोठा खोज्ने क्रममा, बबरमहलकि घरबेटी सरस्वती प्रधानबाट भएको जातिय विभेदको घटनामा, सिंहदरबारस्थित प्रहरी कार्यालयमा दिएको उजुरीमाथि नेपाल सरकारका शिक्षामन्त्रीले ठाडो हस्तक्षेप गरी, अनुसन्धान र छानविन विना आरोपितलाई उन्मुत्ति दिने कार्य गरिएको घटनालाई लिएर बुटवलमा प्रदर्शन गरिएको हो ।
रुपा सुनारमाथि भएको जातीय विभेदको घटना नेपालको संविधान, जातीय भेदभाव तथा छुवाछूत र कसुर सजायँ ऐन २०६८ र मानव अधिकार हनन विरुद्धको सन्धी, महासन्धी विपरित दण्डनीय कार्य भएको दलित अधिकारकर्मीले जनाएका छन। उक्त घटनाको अनुसन्धानको क्रममा रहेको मुद्दामा शिक्षामन्त्री श्रेष्ठले ८ असारमा प्रहरी वृत्तमै पुगेर पीडक प्रधानलाई रिहा गराएपछि बुटवलमा सयुक्त दलित संघर्स समिति द्वारा शिक्षा मन्त्रीको पुत्ला जलाई बिरोद प्रदर्सन गरिएको हो ।

बुटवलको पुस्पलाल पार्क देखि सुरु भएको जुलुस ट्राफिक चोकमार्गमा कोण सभामा परिणत भै पुन पुस्पलाल पार्कमा नै समाप्त भएको थियो । सयुक्त दलित संघर्स समिति रुपन्देहीका अध्यक्ष रबि बिकको अध्यक्षता रहेको उक्त जुलुस कार्यक्रममा केन्द्रिय अध्यक्ष हरिओम बिक को प्रमुख आतिथ्य रहेको कार्यक्रमको संचालक जिल्ला सदस्य नर ब. बिकले गरेका थिए। उक्त कार्यक्रममा जिल्ला सदस्य रन्जना कामिले २०७२ सालको धारा २४ मा लेखिएको जातिए छुवाछूतको हकको कुरा अवगत गराउदै मानवता हराउनुका साथै जातमा सबै कुरा चल्ने नारिको इज्जत चल्ने,पैसा चल्ने तर छोएको पानी नचल्ने विभेदकारी प्रवृत्तीको प्रष्ट पारेकि थिइन । यस्तै प्रमुख अथिती केन्द्रिय अध्यक्ष विकले जातीय हत्या र हिंसामा सधैं आवाज बुलन्द गरि रहने धारणा राख्दै हेर्दा रुपा सुनारको घटना सामान्य देखिए पनि दलितमाथि यस्ता दुव्र्यवहार ३ हजार बर्ष देखि नै हुँदै आएको र दलितको ज्यानै लिने कुरा समेत भएको े रुकुम हत्या कान्डलाई जोडेर बताएका थिए । यदि कुनै दलितले आफ्नो सहि जात भनेको खण्डमा कहि पनि बहाल नपाउने कुरा बताउदै जब सम्म मान्छेमा मनोबादी चिन्तनको निर्मुलिकरण हुदैन तबसम्म यो जातभात छुवाछूत यथावत रहने बताउदै कार्यक्रमको समापन गरेका थिए ।
