बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

जर्मनीलाई पाखा लगाउँदै इंग्ल्यान्ड युरोकपको क्‍वाटरफाइनलमा

बुधबार, असार १६ २०७८

काठमाडौं । जर्मनी जारी १६औं युरोकप फुटबलबाट बाहिरिएको छ । गएराति भएको अन्तिम १६ को हेभिवेट भिडन्तमा इंग्ल्यान्डले जर्मनीलाई २-० ले हराएको हो ।

इंग्ल्यान्डलाई क्‍वाटरफाइनलमा स्थान पक्का गराउन रहीम स्टर्लिङ र ह्यारी केनले १-१ गोल गरेका थिए । दुवै गोल दोस्रो हाफको अन्तिम २५ मिनेटभित्र भए ।

७५औं मिनेटमा स्टर्लिङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले लुक शको पासलाई गोलमा परिणत गरेका थिए ।

८६औं मिनेटमा ज्याक ग्रिलिसको पासमा केनले गोल गर्दै इंग्ल्यान्डको २-० को जीत सुनिश्चित गरे ।

जीतसँगै इंग्ल्यान्डले उपाधि जित्ने अभियानमा एक कदम अघि बढाएको छ भने जर्मनी अन्तिम १६ बाटै घर फर्कन बाध्य बन्यो ।

प्रतियोगिताबाट उपाधि दाबेदारका रुपमा देखिएका केही टोली बाहिरिने क्रम जारी रहेको छ । यसअघि पोर्चुगल, नेदरल्यान्ड्स, फ्रान्सजस्ता दाबेदार टोली घर फर्किसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार