मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

युइएफए नेसन्स कपको उपाधि पोर्चुगललाई

सोमबार, जेष्ठ २७ २०७६

काठमाडौं(एजेन्सी)–पहिलो युइएफए नेसन्स कपको उपाधि पोर्चुगलले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा पोर्चुगलले नेदरल्याण्डसलाई १–० गोल अन्तरले पराजित गर्दै नेसन्स कपको उपाधि जितेको हो । पोर्चुगलको जितमा गोन्कालो गुडेसले खेलको एक मात्र गोल गरेका थिए । ला लिगामा भलेन्सियाबाट खेल्ने २२ बर्षिय युवा खेलाडी गुडेसले खेलको ६०औ मिनेटमा निर्णायक गोल गरेका थिए । सेमिफाइनलमा ह्याट्रिक गरेका रोनाल्डोले यस खेलमा गोल नगरे पनि पोर्चुगल विजयी भएको छ ।
रोनाल्डोले प्रतियोगितामा ३ गोल गर्दै उच्च गोल कर्ताको अवार्ड समेत जितेका छन् । सन् २०१६ को युरोकप विजेता पोर्चुगलले पछिल्ला चार प्रतिष्पर्धात्मक अन्तर्राष्ट्रिय प्रतियोगितामा २ प्रतियोगिता जितेको छ । त्यस्तै नेदरल्याण्डसले भने फेरी एक पटक ठुलो प्रतियोगितामा असफल भएको छ ।
पोर्चुगल र नेदरल्याण्डसले अब आगामी सेप्टेम्बरमा युरोकप छनौट अन्तर्गतका खेलहरु खेल्ने छन्, जसमा पोर्चुगलले सर्बियाविरुद्ध खेल्ने छ भने नेदरल्याण्डसले जर्मनीविरुद्ध खेल्ने छ । त्यस्तै गएराती नै भएको तेस्रो स्थानको खेलमा इङल्याण्डले स्विटजरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै तेस्रो भएको छ । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार