शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सिन्धुपाल्चोकमा बाढी र पहिरोबाट ७ जना बेपत्ता, १ जनाको शव भेटियो

बुधबार, असार २ २०७८

काठमाडौ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर ७ जना बेपत्ता भएका छन् । बेपत्ता ७ मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको नाम थर खुल्न बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।
हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार