काठमाडौं(जस)–पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नारायणहिटी हत्याकाण्डको सत्य तथ्य छानबिन गरेर रहस्यलाई सधैँको निम्ति अन्त्य गर्नु पर्ने बिचार व्यक्त गरेका छन् । नारायणहिटी हत्याकाण्डको २० वर्ष पुगेको अवसरमा बुधवार राती सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै भट्टराईले यस्तो बिचार व्यक्त गरेका हुन ।
उनी भन्दछन् , “राजा वीरेन्द्रको वंश नाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यस वारे सत्य तथ्य स्थापित हुन नसक्नु र आरोप प्रत्यारोपको शृङ्खला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्रनिम्ति शोभनीय हैन। राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गरी यो रहस्य सदाकोनिम्ति अन्त्य गरौँ ! ”