काठमाडौ(जस)-एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारको २०२१-२०२३ कार्यकालको लागी हालका प्रथम उपाध्यक्ष उत्तम गुरुङले पुन प्रथम उपाध्यक्ष र बर्तमान महासचिब पदम गिरीले पुन महासचिबमा उम्मेदवारी घोषणा गरेका छन । गैर आवासीय नेपाली संघ, एनआरएन कतारको नयाँ नेतृत्व छनोटको प्रक्रिया आरम्भ भएसँगै कतारस्थित गैरआवासिय नेपालीहरुको साझा संगठनको चुनावी मैदानमा पुन अघिल्लै कार्यकालको पद दोहोर्याउनको लागी गुरुङ र गिरि मैदानमा होमिएका हुन ।
गैरआवासिय नेपाली संघ एनआरएनए कतारमार्फत निःस्वार्थ भावका साथ सामाजिक सेवामा अनवरत रुपमा खटिदै आएका गुरुङ र गिरिले नेपाली समुदायको उत्थान र कल्याणका निम्ती प्रथम उपाध्यक्ष र महासचिबमै पुन उम्मेदवारी दिएको बताए । उपाध्यक्ष गुरुङले अघिल्लो कार्यकालमा एनआरएन कतारको श्रमिक विभागको प्रमुख भएर उत्कृस्ट कार्य गर्दै कतारमा बसेका नेपालीको मन जित्न सफल भएका थिए ।
एनआरएन सबै नेपालीको साझा संस्था बन्न सकोस् भन्ने सोच बोकेर यस अभियानमा अगाडी बढेको गुरुङले बताए । आफ्नो आगामी नयाँ कार्यकालमा नेपालीका लागि नेपाली भन्ने नारालाई सार्थक तुल्याउन क्रियाशील भई दृढताका साथ अगाडी बढ्ने प्रतिबद्धता गुरुङले जायर गरे ।
साथै, विगतमा मातृभुमि नेपालमा बसिरहेका दाजुभाई दिदि वहिनीहरुलाइ परेको भुकम्प, बाढि, पहिरो जस्ता दु:खको घडिमा सहयोगको हात फैलाउने काम गरेका उनले विपद्का बेला जस्तै मातृभुमि नेपालमा हाल देखा परेको महामारीको संकटसँग जुध्न विश्वभर छरिएर रहेका नेपाली समुदाय एकजुट हुनुपर्ने धारणा राख्दै सहयोगको हात फैलाउन अनुरोध सहित आफ्नो अभियानमा साथ दिन समेत गैर आवासिय नेपाली दाजु भाई दिदी बहिनीमा अपिल गरेका छन् । उम्मेदवारी घोषणा गरेसँगै महासचिब गिरीले आफुले महासचिबमै उम्मेद्वारी दिएकाले पुन भोट दिएर निर्वाचित गराई सहयोग गर्न र विश्वभर छरिएर रहेका तथा विभिन्न तहमा रहेर काम गर्दै आएका गैर आवासीय नेपालीहरुलाई साथ दिन अनुरोध एवं अपिल गरे । गिरि गैरआवासीय नेपाली संघको कुशल संगठकको रुपमा चिनिन्छन ।
एनआरएन कतारको आगामी कार्यकालको लागी अध्यक्षको दाबेदारीमा रहेका गुरुङले उपाध्यक्ष नै दोहोर्याउने घोषणा गरेपछि र महासचिबमा पनि पुन गिरीले उम्मेद्वारी घोषणा गरेपछि बर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले पनि आगामी कार्यकालको लागी दोहोर्याउने चर्चा चलेको छ । तर उनले अझैसम्म घोषणा गरिसकेका भने छैनन् । मुक्तदाले आफ्नो उम्मेदवारीका बारेमा केहि दिनभित्रमै आफुले सार्बजनिक गर्ने बताए । एनआरएनए कतारमा आगामी कार्यकालको लागी बर्तमान अध्यक्ष मुक्तदा र नेपाली प्रबासी मंच(ओली समुह) कतारका रास्ट्रिय समिति सदस्य चुडामणि कार्कीबिच प्रतिस्पर्धा हुने सम्भाबना बढेको छ । उक्त प्रतिस्पर्धामा मुक्तदाको पल्लाभारि हुने देखिएको छ । मुक्तदाको समुहलाई नेपाली जनप्रगतिशिल मंच कतार ,नेपाली प्रबासी मंच(नेपाल समुह) कतारलगाएत विभिन्न संघ संस्थाको समर्थन भएकाले पनि उक्त प्यानलको जित सुनिश्चित भएको हो । हालसम्म नेपाली जनसम्पर्क समिति कतारले भने एनसिसि कतारको निर्बाचनको बारेमा आफ्नो आधिकारिक धारणा सार्बजनिक गरेको छैन ।