शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेपाली साङ्गितिक कार्यक्रममा मलेशियन अध्यागमनको छापा, कलाकार आयोजकसहित २६ नेपाली पक्राउ

बिहिबार, जेष्ठ २३ २०७६

क्वालालम्पुर- मलेसियाको क्वालालम्पुर स्थित एस.एस.ओ.जी ग्रुप द्वारा आयोजित नेपाली सांगितीक कार्यक्रममा मलेसियन अध्यागमनले छापा हान्दा कलाकार लगायत २६ जना नेपालीहरु पक्राउ परेका छन।

मुस्लिम समुदायहरुको विशेष पर्व हरिरायाको अवसरमा एस.एस.ओ.जी नामक अनलाइन सेमुल प्रयोगकर्ताहरुको प्रमुख आयोजनामा क्वालालम्पुरको कोतराया कम्प्लेक्समा उक्त साङ्गितिक धमका आयोजना गरिएको थियो।सो कार्यक्रमका निमित्त नेपाल बाट आमन्त्रीत रास्ट्रीय कलाकार सुजन आङदाम्बे,श्रेया राई,सुनिता थेगिम रहेका छन।

कार्यक्रममा सहभागी दर्शक आयोजक र कलाकार सहित २६ जना लाई अध्यागमनले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी ले जानकारी दिएका हुन। नेपाल बाट कलाकार ल्याउदा कानुनी प्रक्रिया पूरा नभएको कारण पक्राउ परेको बुझिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार