बुटवल।एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत १० थान अक्सिजन सिलिन्डर गुल्मी पठाइएको छ । उक्त सहयोग गुल्मी सत्यवती गाउपालिका स्वास्थ्य प्रमुख सुर्य बहादुर रानालाई बुटवलमा हस्तान्तरण गरिएको छ । अक्सिजन सिलिन्डरहरु गुल्मी जिल्लाका जोहाङ्ग र भर्से स्वास्थ्य चौकीमा आजै पुर्याइने प्रमुख रानाले जानकारी दिएका छन ।
एनआरएनए अफ्रिकाका सबै राष्ट्रिय समन्वय समितिका तर्फ बाट लुम्बिनी क्षेत्रको संयोजन गरि रहनु भएका एनआरएनए कङ्गो अध्यक्ष अमृत क्षेत्रीका अनुसार यस सहयोगका लागि एनआरएनए बोत्स्वाना अध्यक्ष पदम भन्डारी र हङ्गकङ्ग बाट कुलबहादुर बुढाथोकीले आर्थिक सहयोग गरेका छन ।

एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाका अनुसार पाल्पाको जिल्ला अस्पताल र रामपुर अस्पतालमा अक्सिजिन सिलिन्डर आजै बितरण गरिने र स्याङ्जाको लागि ब्यबस्थापन गर्दै गरिएको बताउनु भयो ।
थापाका अनुसार यस अघि एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियानले चितवनको रत्ननगर अस्पताल , कैलालीको टीकापुर अस्पताल , परासी अस्पताल , पुर्व नवलपरासी को रजहर अस्पताल , बाराको सिमरा स्वास्थ्य केन्द्र र इलाम अस्पतालमा अक्सिजन सिलिन्डर सहयोग गरि सकेको छ । साथै अछामको मङ्गलसेन र बयालपाटा अस्पतालमा अक्सिजिन सिलिन्डर पुर्याइदै छ ।
त्यसै गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान , जुम्लामा पनि सहयोग पठाउने तयारी हुदैछ ।हाल सम्म १२५ थान अक्सिजन सिलिन्डर खरिद सहित र ६५९ थान रिफिल्ड्ड अक्सिजन सहयोग यस अभियानले १० जिल्लामा हस्तान्तरण गरि सकेको छ ।