बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गृह मन्त्रालयल गर्यो २६ प्रजिअको सरुवा (नामसहित)

बुधबार, जेष्ठ २२ २०७६

काठमाडौँ(जस)–गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ), सहायक प्रमुख जिल्ला अधिकारी तथा विभिन्न कार्यालयका उपसचिव सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबारको निर्णयअनुसार २६ जनाको सरुवा गरिएको जानकारी दिए । सबैभन्दा बढी प्रजिअको सरुवा भएको छ । मंगलबार सार्वजनिक गरिएको सरुवा सूचीमा नुवाकोटका प्रजिअ उद्धवबहादुर थापा र नवलपरासी सुस्तापूर्वका प्रजिअ दीपकराज नेपाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

सर्लाहीका प्रजिअ द्रोण पोखरेललाई नुवाकोट र उदयपुरका प्रजिअ विष्णुकुमार कार्कीलाई नवलपरासीको सुस्तापूर्व तथा गृह मन्त्रालयका शम्भुप्रसाद मरासिनीलाई नवलपरासीको सुस्तापश्चिम पठाइएको मन्त्रालयले जनाएको छ ।
रुपन्देहीका उदयबहादुर रानामगरलाई काभ्रेपलाञ्चोकमा सरुवा गरिएको छ भने कपिलवस्तुका प्रजिअ अर्जुनप्रसाद पोखरेललाई रुपन्देही खटाइएको छ । यस्तै गोरखाका प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठ कपिलवस्तु र नवलपरासी सुस्तापश्चिमका प्रजिअ देवेन्द्र लामिछाने गोरखा सरुवा भएका छन् । सिरहाका रुद्रप्रसाद पण्डितलाई तनहुँ, नुवाकोटका प्रजिअ गोपालकुमार अधिकारीलाई सिरहा, काभ्रेका प्रजिअ कृष्णबहादुर राउतलाई सर्लाही खटाइएको छ । यस्तै नुवाकोटका सहायक प्रजिअ गोपालकुमार अधिकारीलाई सिरहाको कामु प्रजिअमा सरुवा गरिएको छ । डोटीका सहायक प्रजिअ टेकनारायण पौडेललाई डोटीकै कामु प्रजिअमा पदस्थापन गरिएको छ ।
उदयपुरका प्रजिअ विष्णुकुमार कार्कीलाई नवलपरासी बर्दघाट सुस्तापूर्वको कामु प्रजिअमा, अध्यागमन विभागका निर्देशक जनार्दन गौतमलाई सिन्धुलीको कामु प्रजिअ, सुनसरीका सहायक प्रजिअ ध्रुवबहादुर खड्कालाई उदयपुरको कामु प्रजिअमा सरुवा गरिएको छ । नवलपरासी सुस्तापश्चिमका सहायक प्रजिअलाई रुकुमपश्चिमको प्रमुख जिल्ला अधिकारी, रुकुमपश्चिमका प्रजिअ शम्भुप्रसाद रेग्मीलाई रुपन्देहीको सहायक प्रजिअ र रुपन्देहीका सहायक प्रजिअ कल्पना घिमिरे नेपाललाई पर्वतको प्रजिअमा सरुवा गरिएको छ । यसैगरी पर्वतका प्रजिअ गुरुदत्त ढकाललाई कास्कीको सहायक प्रजिअ, रोल्पाका प्रजिअलाई गङ्गाबहादुर एमसीलाई दाङको सहायक प्रजिअ र सिन्धुलीका प्रजिअ ज्ञानप्रसाद ढकाललाई अध्यागमन विभागको निर्देशकमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार