काठमाडौं । ईदको अवसरमा एनसीसी कतार र कतारमा स्थापित संघसंस्थाहरु बीच शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ ।
विज्ञप्ति
कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू,
कतारवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरू,
सम्पूर्णमा अस्सालमोआलैकुम तथा हार्दिक नमस्कार!
विषय: कार्यक्रममा सहभागिताको लागि अनुरोध।
इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल फितरको अवसरमा एनसीसी कतार र कतारमा स्थापित संघ संस्थाहरु बिच शुभकामना आदानप्रदान तथा कोरना महामारि बाट नेपालमा अक्सिजनका साथै अक्सिजन सिलिन्डरको अभावमा अकाल मृत्युमरण भैरहेको अवश्थामा मध्यपुर्ब एनआरएनए बाट पठाउन लागिएको ६०० थान सिलिन्डर अभियान बारे जानकारी र सहयोग अपिल कार्यक्रम तल उल्लेखित मिति र समयमा जुम अनलाईन मार्फत गरिने जानकारी गराउदै यहाँहरुको गरिमामय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।
मिति:- १३ मे बिहिबार, २०२१
समय:- दिनको १२:०० बजे
बैठकमा सहभागीका लागि तल उल्लेखित मिटिङ्ग आईडी र पासकोड प्रयोग गरि जुम लिन्क लगिन गर्नुहुन अनुरोध गर्दछौ।
Join Zoom Meeting
https://us02web.zoom.us/j/4240595332…
Meeting ID: 424 059 5332
Passcode: 2021
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
ग़ैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतार