यस्तै स्थिति रहिरहे नेपालमा कोरोनाले अकल्पनीय परिस्थिति ल्याउनेतर्फ सम्बन्धित चिकित्सक एवम् विज्ञहरुको आंकलनलाई बेलैमै सम्बोधन नगरे भयावह मानवीय विनासको तस्विर देखिदैछ । मृत्यु संख्या एकै दिनमा तीन दोब्बर बढ्नु , अस्पतालको सुविधा र शैय्या अपर्याप्त हुँदै जानु, अनिवार्य औषधि, अक्सिजन आदिको अभाव बढ्दै जानु अनि सम्बोधन गर्नुपर्ने सरकार र अन्य निकायहरु अन्तै अल्मलाउनु राम्रो संकेत होइन । तीन तहको सम्बोधन तत्कालको आवस्यकता अनुमान गर्न सकिन्छ ।
१. संक्रमितमा सामान्य ,गम्भीर र अति गम्भीरको उपचारमा प्राथमिकता मापदण्ड बनाएर तत्काल अस्पताल , आइसोलेसन, र होम क्वाराइन्टाइनलाई ब्यवथित गर्ने । साथै घर मै उपचार्थलाई, आनलाइन र भौतिक चिकित्सा सुविधा, आवश्यक कोरोना होम किट, अक्सिजन र अन्य आवश्यक सामग्रीको व्यवस्थापन स्थानीय निकायलाई जिम्मा दिने ।
२. तेश्रो लहरको समेत अनुमान गरेर चेन-ब्रेक थ्यौरीलाई प्रतिपादन गर्ने र अन्य तयारीको अभ्यास प्रारम्भ तत्कालै गर्ने । अनि व्यापकरुपमा आम संचारको मध्यमहरुबाट जनचेतनामूलक संदेश प्रवाह गर्ने । अनि अबको ६ महिना र १ वर्षको बृहत् आर्थिक मूल्यांकन गरि तदनुसार आर्थिक परिचालन प्याकेज बजेट मार्फत सम्बोधन गरेर अर्थतन्त्र बचाउने ।
३. तत्काल खोप अभियान संचालन गर्न जहाँ जहाँबाट हुन्छ खोप ल्याउने र जति सक्यो छिटो खोप अभियान शुरु गर्ने । ६ महिनामा २ करोड खोप लगाई सक्ने रणनीति बनाउने अनि कडा मापदण्ड बनाएर पर्यटन पुनर्जीवित गर्ने । यही बेलामा विश्वभरका देशहरूमा रहेका हाम्रा कन्सुलरहरूमार्फत राहत प्याकेजका लागि सम्भव देशहरूसँग समन्वय सम्पर्क तत्कालै सुरू गर्नु पर्छ । खास गरी काेराना मुक्त रहेका सम्पन्नशाली देशहरूसँग राजदूतहरू, एआरएन संस्था र अनररी कन्सुलरहरू यस्तै जटिल परिस्थितिमा परिचालन हुन सके राष्ट्रकाे हितमा हुन जाने छ । परराष्ट्र मन्त्रालय यस संवेदनशील घडीमा उल्लेखित संस्थाहरु,राजदुतहरु र कन्सुलरहरु परिचालनमा खराे उत्रिन ढिला भइसकेकाे छ ।
यी र यस्ता अन्य केही आर्थिक आर्जनका जे जे व्यवस्था हुन सक्छन् निजी क्षेत्रसँग बसेर, गम्भीर परामर्श गरेर सरकारले तत्काल गर्नै पर्छ, अन्यथा कोरोनाले जन, धन र देशकै भविष्य चौपट बनाउनेछ ।
-भास्करराज राजकर्णिकार