आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

रसुवा जीप दुर्घटना ज्यान गुमाएका तीनै जनाको पहिचान खुल्यो

मंगलबार, जेष्ठ २१ २०७६

रसुवा / रसुवामा सोमबार साँझ टाटा सुमो दुर्घटनामा परि ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।

ज्यान गुमाउनेमा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङका ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षकै साहिली घले र ३५ वर्षीय मेन्दु घले रहेका छन् । दुर्घटनामा परि यही ठाउँका ३२ वर्षीय सवारी चालक निमा तामाङ र ३५ वर्षकी जौरानी घले, ५ वर्षीय फुर्बु याङजेन तामाङ, २९ वर्षीय योङ जुङ तामाङ र ३ वर्षीय निम छेवाङ तामाङ घाइते भएका छन् ।

घाइतेलाई त्रिशूली अस्पताल उपचारपछि थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी दुर्घटनामा परेर ४८ वर्षीय पासाङदे घले, १९ वर्षकी महिला कामी याङ्जेन तामाङ र २० वर्षकी ल्तेतङ घले बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताउनुभयो ।

पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो मैलुङ–स्याफ्रु सडक खण्ड अन्तर्गत गुम्चेतमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार