शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

अझै केही दिन मौसममा सुधार नहुने

मंगलबार, जेष्ठ २१ २०७६

काठमाडाँै(जस)–‘प्रि मनसुन’ सक्रिय हुँदा अझै केही दिन काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य वर्षाका साथै मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हँुदै प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावका कारण केही दिन देशभर मौसम सुधार नहुने महाशाखाका मौसमविद् सुवास रिमालले बताए । उनका अनुसार अझै तीन÷चार दिन अपराह्न तथा साँझपख हावाहुरी र मेघगर्जनसहित वर्षा हुनेछ । तराई क्षेत्रमा भने यसको कुनै असर परेको छैन ।
जलवाष्पयुक्त हावा वायुमण्डलको माथिल्लो सतहमा रहेसम्म पानी पर्न थाल्छ तर हालसम्म यो प्रणाली शुरु भएको छैन । सामान्यतय ः नेपालमा मनसुन शुरु हुने समय जुन १० हो । यस वर्ष मनसुन एक साता ढिलो गरी शुरु हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत वर्ष जुन ८ मा मनसुन शुरु भएको थियो । भरे राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमी र मध्य भू–भागका केही स्थान तथा पूर्वी भागका थोरै स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार देशभर आंशिक तथा सामान्य बदली हुनुका साथै पश्चिम पहाडी भागका केही स्थानमा र मध्य तथा पूर्वी भागका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ । बुधबार पनि देशभर आंशिक तथा सामान्य बदली रही पश्चिमी पहाडी भागका केही स्थानमा हल्का तथा मध्यम वर्षा हुने अनुमान गरिएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस र अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस छ । त्यस्तै सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ४१ दशमलव शून्य डिग्री सेल्सियस पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार