बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैन : नेकपा विप्लव

मंगलबार, जेष्ठ २१ २०७६

काठमाडौं(जस)–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुरक्षा निकायमाथि आक्रमण गर्ने आफ्नो पार्टीको नीति नभएको प्रस्ट पारेको छ । ुखुम्बुमा विप्लव समूहका कार्यकर्ताले प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको समाचार आएपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सोमबार अपराह्न विज्ञप्ति जारी गरेर सोलु घटना सरकारी षडयन्त्र भएको उल्लेख गरेका छन् । प्रवक्ता प्रकाण्डले आइतबार सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षडयन्त्रपूर्ण प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सुरक्षाकर्मीमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको तर पूर्वी नेपालमा दमन गर्ने सरकारी षडयन्त्र अनुरुप त्यसप्रकारको फेक न्युज बाहिर आएको समेत स्पष्ट पारेका छन् ।
यसअघि सोलुखुम्बुको एक प्रहरी चौकी कब्जा गर्ने नेत्र विक्रम चन्द ‘विप्लब’ समूहले गरेको प्रयास असफल भएको बताइएको थियो । गएराति सदरमुकाम सल्लेरीदेखि करिब २५ कोश टाढाको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्ने प्रयास असफल भएको थियो । मध्यराति १२ बजेको समयमा २५–३० जनाको विप्लबका कार्यकर्ता चौकी पुगेको भएपनि त्यसअघि नै त्यहाँ कार्यरत प्रहरी हतियारसहित बाहिरीसकेकाले कब्जाको रणनीति असफल भएको थियो ।
कार्यकर्ता कब्जाको लागि आउदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएका थिए ।

प्रहरी र माओबादी कार्यकर्ताबीच भेट नभएको भएपनि मध्यान्न १२ बजेदेखि विप्लव कार्यकर्ता विहान ३ बजेसम्म चौकी क्षेत्रमै रहेको बताईएको छ ।

महाकुलुङ क्षेत्रमा केही दिनदेखि विद्युत नभका कारण नेपाल टेलिकमद्वारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ ।

प्रदेश र जिल्लाबाट नेपाली सेना र प्रहरीको टोली क्षेत्रमा हेलिकप्टर मार्फत पुगिसकेको बताइएको छ । सोलुको घटनालाई विषयलाई लिएर गृहमन्त्रालयमा सुरक्षा समितिको समेत बैठक बसेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार