शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कर्णाली नदीमा टिप्पर दुर्घटना,दुईजना बेपत्ता

बुधबार, बैशाख २२ २०७८

दैलेख(जस)-कर्णाली नदीमा टिप्पर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन् । दाङको लमहीदेखि जुम्लातर्फ जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर मंगलबार राती १० बजे कर्णालीमा नदिमा खसेको हो।

मालबहाक टिप्पर सिमेन्ट लिएर जुम्ला जाँदै गर्दा दैलेखको आठबीस नगरपालिका ४ खोटेसल्लास्थित कर्णाली राजमार्गबाट झण्डै एक सय ५० मिटर तल कर्णाली नदिमा खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उपरीक्षक अनुपम श्रेष्ठले टिप्पर चालक र सह-चालक बेपत्ता रहेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार