काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सोमबार बस्ने भनिएको सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ । दुई अध्यक्षबीच छलफल गर्नुपर्ने भन्दै बैठक स्थगित भएको सूचना महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुलाई पठाएका थिए ।
आजको सचिवालय वैठकले मुख्यतः केन्द्रीय सदस्यहरुको कार्य विभाजनलगायतका विषयमा टुंगो लगाउने कार्यतालिका थियो । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आवश्यक छलफल नटुंगिएको भन्दै वैठक स्थगन भएको नेकपा स्रोतले जनाएको छ ।