मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

गोरखा सेवा समाज कतारद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटोफिचर)

आइतबार, जेष्ठ १९ २०७६

दोहा / गोरखा सेवा समाज कतारले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । यहि आउँदो १९ जुलाई २०१९ का दिन आयोजना हुने “योगको साथमा श्रृजनाशिलता , सकारात्मक सोच र सामाजिक भावना’ सहित असल सामाजिक व्यक्तित्व निर्माण गर्दै समृद्ध समाज र राष्ट्र निमार्णको अभियानलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा गोरखा सेवा समाज कतारद्वारा आयोजित कार्यक्रम डा राजु अधिकारी ‘योग बिज्ञान तथा मानव चेतना’ र मानव सेवा आश्रम नेपालका अध्यक्ष एवम् उत्प्रेरक रामजी अधिकारीको ‘सकारात्मक सोच रचनात्मक जीवन’ कार्यक्रम बारे चर्चा भएको थियो । कार्यक्रम बारे जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रम मिति ३१ मे, २०१९ का दिन द गोरखा रेष्टुरेण्टको सभा हलमा गोरखा सेवा समाज कतारको अध्यक्ष राजेश्वर ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त अन्तरक्रिया कार्यक्रममा एनआरएनए गल्फ उपसंयोजक प्रविण गुरूड•, एनआरएनए आईसिसि सदस्य बिमल सुवेदी, एमआरएनए एनसिसि अध्यक्ष नविन पोख्रेल, पत्रकार महासंघ कतार शाखाको अध्यक्ष करिम बक्स मियाँ, ,गण्डकी प्रदेशका अध्यक्ष हंशराज ढकाल क्षेत्री ,दोहामा क्रियाशील बिभिन्न संघ संस्थाहरूको प्रमुख तथा प्रतिनिधिहरू,व्यावसायी शसिधर शर्मा, लगाएत सामाजिक अभियान्तहरूको साथै बेलायतको केहि दिनको भ्रमण गरि कतार हुदै नेपाल फर्कनु लाग्नु भएका श्री गण्डकी ज्ञान बिज्ञान प्रतिष्ठानको अध्यक्ष एवम् अध्यात्मिक गुरू चैतन्य कृष्णको पनि बिशेष उपस्थिति रहेको थियो ।

गोरखा सेवा समाज कतारको वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रामजी खत्रीले सन्चालन गरिएको कार्यक्रममा बोल्दै सहभागिहरुले कार्यक्रम आफैमा उत्कृष्ट कार्यक्रम भएको र विगतमा भन्दा यस पटक सहभागि संख्या उल्लेखनिय हुनेहुदा हल ब्यवस्थापनमा विशेष ध्यान दिनको लागि सुभाव दिएका थिए । कार्यक्रममा मन्तव्य एनआरएनए आईसिसि सदस्य बिमल सुवेदी, एनसिसि अध्यक्ष नविन पोखरेल, बैचारिक संस्था जन सम्पर्क समिति महामन्त्री अजिज अलि, पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम बक्स मियाँ, गण्डकी प्रदेशका अध्यक्ष हंशराज ढकाल क्षेत्री ,व्यावसायी शसिधर शर्मा र सामाजिक अभियान्ता बिष्णुलाल श्रेष्ठ, जिल्ला संघ संस्थाहरूको तर्फबाट अर्घाखाची सेवा समाज कतारको अध्यक्ष टेकराज थापाले आ-आफ्नो धाराणा राख्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

वक्ताहरूले दोहामा गोरखा सेवा समाज कतारले पृथक किसिमको कार्यक्रमको आयोजना गर्न लागिएको र यस्तो कार्यक्रमले सामाजिक र मानव जीवनमा सकारात्मक प्रभाव पार्ने हुदाँ समय समयमा यस्तो कार्यक्रमहरूको आयोजना अन्य संघ संस्थाले गर्नु पर्ने जोड दिए र वहाँहरूले एक दिन भन्दा पनि लगातार दुई शुक्रवार सम्म गर्न, मजदूर वर्ग सम्म लैजान सके अझ प्रभावकारी हुन सक्ने हुदा स्थान र प्राविधिक बिषयहरूमा केहि सुधार गरेर कार्यक्रम आयोजना गर्न सुझाव पनि दिएका थिए ।

यसै गरि नेपालबाट आउनु भएका अध्यात्मिक गुरू चैतन्य कृष्णले प्रवासबाट मातृभुमिको मायाँ र महत्व, जीवन र जगत साथै सास्वत आध्यात्मिक चिन्तनको बारेमा प्रवचन दिनु भएको थियो ।

कार्यक्रम समापन गर्दै सभापति राजेश्वर ढकालले छोटो समयमा प्रवाह गरेको सुचनालाई मध्यनजर गरेर उपस्थित भई सल्लाह ,सुझाव दिनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमलाई सफल बनाउनको लागि कतारमा रहेका सामाजिक संघसंस्थाहरु, व्यावसायी, बुद्दिजीवि र पत्रकार सबैले आ-आफ्नो ठाउँबाट भूमीका निभाईदिनुहुन पनि आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार