बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एनआरएनए खेलकुद प्रतिष्ठानद्वारा खेलाडी सम्मान ! (फोटोफिचर)

सोमबार, चैत्र २३ २०७७

काठमाडौं । गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले मिक्स मार्सल आर्ट खेलका राष्ट्रिय च्याम्पियन नेपाली खेलाडी रबिन्द्र ढाँटलाई सचिवालयमा एक कार्यक्रम गरी सम्मान गरेको छ । उहाँ संघको खेलकुद प्रतिष्ठान सँग आवद्द भएर मुलुकको प्रतिनित्व गर्दै भारतको हरयाणामा गत २०२१ मार्च २७ तारिखका दिन आयोजना भएको प्रोफेसनल कम्ब्याट फाइट लिगमा प्रथम भई नेपालको झण्डा फरफराउन सफल हुनु भएको थियो ।

उहालाई आज एनआरएनए स्पोर्टस एकाडेमीले ट्रयाक सुट दिएर सम्मान गरेको छ । यस सम्मान कार्यक्रममा मध्यपूर्व क्षेत्रका क्षेत्रीय उपसंयोजक तथा खेलकुद प्रतिष्ठानका व्यवस्थापन निर्देशक मनोज कुमार श्रेष्ठ ( गोर्खाली ) सचिवालयका कार्यकारी निर्देशक राजेश राणा, खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरी, खेलकुद प्रतिष्ठानका प्राविधिक निर्देशक स्वयम्भु राज डंगोल तथा प्रतिष्ठानका प्राबिधिक टिम लगायत पदाधिकारीहरु र अन्तर्राष्ट्रिय राष्टिय प्रतियोगिताका विजेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार